सुनसरीको धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृति हेर्दा शरीरमा चोट र रगत लतपतिएको जस्तो देखिएपछि प्रहरीले शंकास्पद रुपमा घटना अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले घटना अनुसन्धानको लागि संघीय प्रहरी इकाई कार्यालय धरानबाट ट्रयाकर डग झिकाइएको जानकारी दिए ।
‘अन्दाजी ३५-४० उमेर समूहको पुरुषको शव भेटिएको हो, शव भेटिएको स्थान देउराली सुन्दर बस्तीदेखि केही मिटर पर हो’ उनले भने ‘हामी अनुसन्धान गर्दैछौ, शव सनाखत गर्ने कोसिस गर्दैछौ ।’
प्रत्यक्षदर्शीका अनुसार ति पुरुषको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । खोलामा कम गर्न आएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Discussion about this post