इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नव निर्वाचित अध्यक्ष अजमल अख्तर आजादले सेवाग्राहीकाे लागि हेल्प डेक्स स्थापना गर्ने बताएका छन् ।
गाउँपालिका अध्यक्ष अमजलले प्रदेश प्वाइन्ट डटकम सँग कुरा गर्दै भने जनताको सेवककाे पहिचान दिलाउनका सुरूमा तीन वटा वडामा हेल्प डेस्क स्थापना गर्ने बताए ।
उनले भने अहिले पालिकामा बजेट अभावकाे कारण पहिलो चरणमा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–१,२ र ७ मा यहीँ महिनाभित्र हेल्प डेस्क स्थापना गर्ने र बाँकी वडाहरूमा विस्तारै स्थापना गर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा जेठ १० गतेको बसेको पहिलो बैठकले सो निर्णय गरेपछि स्थानीयवासीहरू उत्साहित भएका छन् ।
उनले भने जेठ मसान्तभित्र पालिकाको तीन वटा वडामा हेल्प डेस्क स्थापना गरी सर्वसाधारणहरुलाई निःशुल्क सेवा प्रवाह गर्ने बताए ।
हेल्प डेस्कबाट सर्वसाधारणहरुलाई निःशुल्क फोटोकपी, निवेदन लेख्ने, बिभिन्न फाराम भर्ने, टाइपिङ्ग, प्रिटिङ्ग, इमेल, इन्टरनेट लगायतको सुविधा उपलब्ध हुने गाउँपालिकाका अध्यक्ष अख्तर आजादले जानकारी दिए ।
भोक्राहा नरसिंहका जनतालाई छिटो, छरितो सेवा प्रवाह गर्ने उद्देश्यले अहिले तीन वटामा वडामा हेल्प डेस्क स्थापना गर्न लागिएको उनले बताए । भोक्राहा नरसिंहमा अध्यक्ष पदमा जिम्मेवारी सम्हालेका अध्यक्ष आजादले जनताको शासक नभई सेवा गर्नु प्रमुख उद्देश्य भएकाले वडा–वडामा सानो सानो काम गरेर जनतालाई सेवामा सहज हुने गरी काम सुरुवात गर्न थालिएको बताए ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले अहिले तीन वटा वडामा जेठ मसान्तभित्र हेल्प डेस्क स्थापना गर्ने र बाँकी रहेको पाँच वटा वडामा पनि बिस्तारै हेल्प डेस्क स्थापना गर्ने लक्ष्य रहेको बताए ।
अधिकृत मेहताका अनुसार भोक्राहा नरसिंह गाउँपालिकाका सर्वसाधारणहरुले पैसा तिरेर बाहिरबाट कागजातहरु ल्याउने समस्या अन्त्य गर्नका लागि पालिकाले राम्रो कामको सुरुवात गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अख्तर आजादले गरेको यो निर्णयलाई पालिकाका सर्वसाधारणहरुले स्वागत गरेका छन् ।
Discussion about this post