मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका अन्तरगतका नव निर्बाचित जनफ्रतिनिधीहरुलाई आज एक कार्यक्रमका विच बधाई तथा स्वागत कार्यत्रम सम्पन्न भएको छ । उज्यालो बहुउदेश्यी सहकारी संस्था लिमिटेड टीकापुर ७ सक्तीले आज एक कार्यत्रमको आयोजना गरि नगरपालिका वडा नं.४,६,७,८,९ नव निबार्चित वडा अध्यक्ष सहित सदस्यहरुलाई र नगरप्रमुख रामलाल डगौरा थारु र नगर उप प्रमुख खड् बहादुर शाहलाई बधाई तथा स्वागत गरिएको हो । सहकारी संस्थाका अध्यक्ष डम्मर बहादुर घर्तिमगरको सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका का नव निर्बाचित नगरप्रमुख रामलाल डगौरा थारुले अव टीकापुर बनाउने जिम्मा हाम्रो कांधमा दिएकोले टीकापुर बिकासका लागी आफु सदैब तत्पर रहने बताएका छन । टीकापुर नगरपालिकाको दक्षिणीभेग बाढी ग्रस्त क्षेत्र रहेकाले यस क्षेत्रका जनताले बाढीबाट भोग्ने समस्या समाधानका लागि सदैब तत्पर रहने समेत बताएका छन । त्यसैगरि नव निर्बाचित उप प्रमुख खड् बहादुर शाहले आफुहरुलाई जनताले चुनेर पठाएकोमा धन्यबाद दिएका छन भने अव टीकापुरलाई सुन्दर शान्त समृद्ध टीकापुर बनाउनका लागि जनताले दिएको बिश्वासलाई मर्न नदिने बताएका छन । नगरपालिका भित्र बिभिन्न खालका समस्या रहेका छन ति समस्या समाधानका लागि सदैव तयार रहने समस्या समाधानका लागी कन्जुस्याई नगरि काम गर्ने प्रतिबद्धा जनाएका छन । कार्यक्रमको संचालन सहकारीका कोषाध्यक्ष प्राङ्ककुश चौधरीले गरेका थिए ।
Discussion about this post