शुभ नारायण यादव / सप्तरी । सप्तरी जिल्लामै कान्छाे अध्यक्ष बिघानन्द चाेधरीले सप्तरीको छिन्नमस्ता गाउँपालिकालाइ भयरहित भ्रष्टाचार मुक्त एव स्मार्ट पालिका बनाउने प्रतिबद्धता जनाएका छन। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा लाेकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अध्यक्ष पदमा बिजय भएका चाैधरीले आज गाउँपालिकामा आयाेजित सपथ तथा पदभार ग्रहण कार्यक्रममा सम्बाेधन गर्दे यस्तो प्रतिबद्धता जनाएको हाे । नवनिर्वाचित अध्यक्ष चाेधरिले छिन्नमस्ता गाउपालिकालाइ केन्द्र देखि प्रत्येक वडा कार्यालय सम्म कालाेपत्रे तथा आरसिसि ढलान सडक निर्माण , ग्रामीण सडकहरुलाइ ढल ,नाला सहित विस्तृत याेजना बनाउने तथा लिङ्क राेडहरुलाइ तत्काल व्यवस्था गर्नुका साथै पालिकासम्म जाेडनका लागि चत्रपथ निर्माण प्रक्रिया अगाडि बढाउने , प्रत्येक विघालयमा कम्प्युटर शिक्षा प्रणालि , पुस्तकालय , ल्याव ,इन्टरनेटकाे व्यवस्थाका साथै विघार्थि छात्रावासकाे व्यवस्था , पालिका मातहतमा रहेका सम्पुर्ण सरकारि विघालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सन्चालन , लाेकसेवा तथा प्रहरी / सेनिक प्रवेश तेयारि कक्षा सन्चालन , प्रत्येक वडा कार्यालयमा नियमित रुपमा लाेकसेवा विज्ञापन सुचना पार्टी राख्ने लगायतका कार्यहरु गर्ने प्रतिबद्धता जनाएका छन । त्यस्तै प्रत्येक सरकारि विघालयमा ५ कक्षा भन्दा माथि पढने छात्राहरुलाइ अनिवार्य आत्म रक्षा तालिम , सरकारी विघालयका ८ कक्षामा अध्धयनरत छात्राहरुलाइ साइकल वितरण , आर्थिक रुपमा विपन्न परिवारका छाेरिहरुलाइ विवाहमा २५ हजार सम्म आर्थिक सहयोग , प्रत्येक नागरिकहरुकाे डिम्याट खाता , फेसबुक , टविटर आदि सन्चालनमा सहयोगका लागि पालिकामा एउटा कम्प्युटर डेस्ककाे व्यवस्था , छिन्नमस्ता भगवतिकाे मन्दिरकाे विश्व सम्पदामा सुचिमा राख्नकाे लागि विशेष पहल गर्नुका साथै सखडामा अत्याधुनिक बस पार्क निर्माण गर्ने जनाएको छ । यसैगरी पालिकाकाे उपयुक्त स्थानमा आधुनिक फनपार्ककाे व्यवस्था ,दिर्घकालिन अथवा कल्पकालिन सिंचाइ याेजनालाई अगाडि बढाउने , सार्वजनिक स्थानहरुमा शाैचालयकाे व्यवस्था तथा एक घर एक शाेचालय नीति अन्तरगत प्रत्येक परिवारमा १५ हजार आर्थिक सहयोग गर्ने घाेषणाा पत्रमा उल्लेख गरिएको छ। यसैगरी भाषा ,कला ,सस्कृतिक , साहित्यकाे विकास तथा प्रबर्द्धनका लागि वार्षिक रुपमा प्रतिस्पर्धाकाे व्यवस्था , ग्रामीण महिलाकाे आर्थिक उन्नतिका लागि घरेलु उत्पादनमा सहयोग गरि बजार सम्म पहुँच पुर्याउने , किसानहरुका लागि समयमे मल ,खाघ , बीउ ,बिजन सहज रुपमा उपलब्ध गराउने , ज्येष्ठ नागरिक , एकल महिला ,शारीरिक रुपमा अशक्त ब्यक्तिहरुका लागि घरमै कार्यालयकाे सुबिधा तथा स्वास्थ सुबिधा उपलब्ध गराउने ,लगायतका रहेका छन । यस्तै ज्येष्ठ नागरिक तथा असहायहरुका लागि आधुनिक वृद्धात्रम , सामुहिक रुपमा स्वराेजगार गर्ने ब्यक्तिहरुलाइ अनुदानकाे व्यवस्था , प्रसुति पछि पालिका भित्रका महिलाहरुलाइ ५ हजार आर्थिक सहयोग , प्रत्येक वडामा एउटा एम्बुलेन्स तथा पालिकाबासिहरुका लागि स्वास्थ बिमा , पालिकामा आधुनिक सुबिधा सम्पन्न अस्पताल सन्चालन , बार्षिक रुपमा विर्घाथिहरुका लागि खेलकुद तथा अाइटि प्रतियोगिता , छिन्नमस्ता भगवती दर्शानार्थिहरुका लागि सुबिधा सम्पन्न धर्मशाला , समाजमा रहेका विभिन्न प्रकारका विकृति , बिसगति ,हिसा ,गुण्डागर्दि ,अपराध अन्त्य गर्नका लागि कडा कानुनकाे व्यवस्था गर्ने उल्लेख गरिएको छ ।यसैगरी कुलत तथा लागुऔंषध प्रयाेग गर्ने युवाहरुकाे लागि सुधारका लागि विशेष पहल गर्ने , बिघुतकाे पहुँच नभएका स्थानमा तत्काल बिघुतकाे पहुच पुर्याउने , देश ,बिदेशमा रहेका नागरिकहरुका लागि अनलाइन निवेदनमा २४ घण्टामा काम गर्ने व्यवस्था , घर घरमा शुद पानिकाे व्यवस्था तथा ऐलानी पाेखरिहरुलाई खुला टेण्डर गरि समाजकाे बिकासमा उपयाेग गर्ने लगायतका प्रतिबद्धताहरु उल्लेख गरिएको छ । छिन्नमस्ता गाउपालिकाकि वयोवृद्ध एकल महिला राजाे देवि मरिककाे प्रमुख आतिथ्यमा आयाेजित साे सपथ तथा पदभार ग्राहण समारोहमा गाउपालिकाकि नवनिर्वाचित उपाध्यक्ष राजु देवि यादव ,लाेसपाका केन्द्रीय सदस्य जय प्रकाश ठाकुर , सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम , जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अबि कुमार काफ्ले , छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलिप यादव , छिन्नमस्ता गाउँपालिका वडा न.१ बरहि बिरपुरका वडाअध्यक्ष ललन यादव लाल , २ का वडाअध्यक्ष सिकिन्द साह , ३ न. वडाका वडाअध्यक्ष विजय कुमार यादव , ५ का वडाअध्यक्ष जय प्रकाश ठाकुर , ७ का वडाअध्यक्ष अच्छेलाल यादव लगायतका बक्ताहरुले यश छिन्नमस्ता गाउँपालिकालाइ अगामि पाँच वर्षमा नमुना गाउँपालिका बनाउनुपर्नेमा जाेड दिएका छन । यसैगरी सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका मेयर बिरेन्द्र माझी , उपमेयर सरिता यादवले समेत आजै सपथ तथा पदभार ग्राहण गरेका छन् ।
Discussion about this post