सुरेन्द्र मेहता / चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ मा विद्युतीय करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ ।भने १ जना गम्भीर घाइते भएका छन् ।
घरको काम गर्दे गरेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको हो।
करेन्ट लाग्नेमा भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ का अन्दाजी ४० बर्षिय पुरुष जिवानन्द मेहताकाे उपचारक्रममा मृत्युु भएको इनरूवा अस्पतालका मेसु डाक्टर देवराज घिमिरेले जानकारी दिए ।
उनलेे दिएको जानकारीअनुसार मृतक मेहताकाे पाेष्टमार्टम गरि शव परिवारको जिम्मा लगाइएको बताए ।
त्यस्तै घाइते हुनेमा सोही वडाका ३० बर्षिय महिलाको सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचार भइ रहेको छ ।
Discussion about this post