इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ का स्थानीय सुर्यदेव मेहताकाे ३५ वर्षकी श्रीमती रञ्जु मेहतालाई विद्युतीय करेन्ट लागेपछि घाइते भएकी छन् । करेन्ट लागेर घाइते भएकी मेहताकाे उपचार इनरूवा अस्पतालमा भइरहदाँ भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद उनलाई भेट्न र हाैसला प्रदान गर्न अस्पताल पुगेको थियोे ।
पालिका अध्यक्ष अजमल अख्तर आजादले समान्य घटनामा चाँसाे देखाउँछन् भनेर कसैलाई विश्वास थिएनन् ।
तर उनले समान्य घटनामा चाँसाे देखाएपछि भाेक्राहा नरसिंह गाउँपालिका गाउँवासी उनी प्रति खुशी व्यक्त गरेका छन् ।
पालिका अध्यक्ष अजमल आजादले घाइते महिलालाई भेट्न जादाँ घाइतेको अनुहारमा मुस्कान आएकाे अस्पताल कार्यरत चिकित्सकहरूकाे भनाइ छ ।
उता पालिका अध्यक्ष आजाद इटहरीकाे एक कार्यक्रममा सहभागी थिए तर उनले भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ मा करेन्ट लागेर एक जनाकाे मृत्यु र एक जना घाइते भएको खबर सुन्न बित्तिकै कार्यक्रमबाट बाहिरिए तत्काल इनरूवा अस्पताल पुगेर बिरामीको अवस्था बुझेर फेरि कार्यक्रममा सहभागी हुन गएका थिए ।त्यस्तै पालिका अध्यक्ष अजमल अख्तर आजादले भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ का अन्दाजी ४० बर्षिय पुरुष जिवानन्द मेहताकाे उपचारक्रममा मृत्युु भएको खबर सुन्दा दुःख लागेको बताएका छन् ।
Discussion about this post