शुभ नारायण यादव/सप्तरी।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न. १४ लाई भयरहिय भ्रष्टाचार मुक्त नमुना वडा बनाउने उदघोष वडाअध्यक्ष कृष्ण कुमार यादवले गरेका छन ।
यहि बैशाख ३० गते सम्म स्थानीय तह निर्वाचन पश्चात् अध्यक्षमा विजयी भएका अध्यक्ष यादवले सो उदघोष गरेका हुन ।
जिल्लाकाे हनुमानगर कंकालिनी नगरपालिका वडा न.१४ का अध्यक्ष सहित वडा सदस्यहरूकाे पदभार ग्रहण कार्यक्रममा अध्यक्ष यादवले नमुना वडा बनाउने प्रतिबद्धता सहित उक्त अभियानमा सहयोग गरिदिनुहुन सम्पूर्ण वडाबासीहरू सँग अनुरोध समेत गरेका छन ।
अध्यक्ष यादवले काेशी नदिकाे बहाव ले बर्सेनि यस क्षेत्रमा क्षति पुर्याउने गरेकाेले यसकाे राेकथामका लागि पहल गर्ने बताएका छन ।
आउने बाढीकाे जाेखिम न्युनिकरण र बाढी प्रभाबित बस्तीमा क्षति हुन नदिन प्रतिरक्षात्मक कार्यक्रमहरू संचालन गर्ने प्रतिबदता गरेका छन।
वडाकाे टाेल टाेलमा जिर्ण रहेका बाटोघाटो नाला सहित पाच पर्ष भित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन ।
सामुदायिक विघालयहरुमा गुणस्तरीय शिक्षाका साथै बेरोजगार युवाहरुको लागि रोजगारिकाे श्रृजना गर्ने बताए।
यसैगरि रुपनि गाउपालिकामा अहिले सम्म गर्भवति महिलाहरुको लागि सुत्केरि गराउने बर्थिङ सेन्टर नरहेकाले सबै वडामा बर्थिङ सेन्टर संचालन गर्ने तथा गरिब ,निमुखा जनताहरुको लागि ५० प्रतिशत अनुदानमा एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन।
साे अवसरमा जसपा जिल्ला अध्यक्ष केदार यादबकाे प्रमुख आतिथ्यमा सम्पन्न पदभार कार्यक्रममा नेकपा माओवादी केन्द्र का नेता वसन्त मण्डल, बिहार सरायगढ(भपटियाही)का प्रमुख बिजय यादब, निर्मली जिल्ला परिषद प्रतिनिधि रामप्रवेष यादब, बिहार प्रतापगंज का पुर्व प्रमुख बिजय बिराजी, काेशी पिडित समाजका निर्देशक देव नारायण यादब, नेकाँ का ईन्द्र नारायण यादब, स्थानिय नेता श्याम सुन्दर मुखिया, स्थानिय सुवालाल मण्डल,चन्देश्वर साह, संचारकर्मि चन्दनकुमार यादब, लगायतले शुभकामना मन्तब्य दिएका थिए भने साे अवसरमा निर्वाचित वडा सदस्यहरू तथा सयाै स्थानियबासीहरूकाे उपस्थिति रहेकाे थियाे।
Discussion about this post