शुभ नारायण यादव/सप्तरी ।
सप्तरीको राजगढ , रुपनि गाउँपालिकाका साथै डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख र उपप्रमुखले सपथ तथा पदभार ग्रहण गरेका छ्न।
सो पालिकाको सभाहलमा नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित वडाअध्यक्ष र सदस्यहरुको सपथ ग्रहण समारोह पश्चात् नगरका नवनिर्वाचित नगरपालिकाका प्रमुख रामलखन मलाह र उपप्रमुख मिरा कुमारी यादवले कार्यकक्षमा पदभार ग्रहण गरेका हुन्।
सो क्रममा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख मलाहले सबै राजनीतिक दलको सहकार्य र सुझाव लिएर कामकारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छ्न। डाक्नेश्वरी नगरवासीले विश्वास गरि मलाई निर्वाचित गरेकाले जनअपेक्षा विपरीत काम नगर्ने अठोट लिएको बताएका छ्न।शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि क्षेत्रमा कानुन बनाइ गुणात्मक परिवर्तन गर्ने विश्वास दिलाएका छ्न।
त्यसैगरी नगर उपप्रमुख यादवले आफू नगरको समग्र विकासका निमित्त कार्यरत रह्ने बताएकी छिन।कुनै किसिमको पक्षपात नगरी जनताको हकहितलाई केन्द्र बिन्दुमा राखी कार्य गर्न प्रतिबद्ध रहेको बताएकी छिन।न्याय सम्पादन र बिकासिय कार्यको अनुगमन स्वच्छ,पारदर्शी ढंगले गर्ने बताएकी छिन।
उक्त कार्यक्रम नगर प्रमुख मलाहको अध्यक्षतामा भएको थियो ।त्यसैगरी नेकपा (एमाले)जिल्ला कमिटी अध्यक्ष तथा संविधानसभा सदस्य ताराकान्त चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । यसैगरी जिल्लाकाे राजगढ गाउँपालिकामा एक समारोहबीच सपथ तथा पदभार ग्रहण गरेका छन । राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डल तथा उपाध्यक्षले सपथ तथा पदभार ग्रहण गरेका हुन । यस्तै जिल्लाकाे रुपनि गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव तथा उपाध्यक्ष पुष्पा श्रेष्ठ लाेगिले समेत विधिवत रुपमा पुजापाठ गरि पदभार ग्रहण गरेका छन् । यसैगरी सप्तरीके छिन्नमस्ता गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरुले समेत पदभार ग्रहण गरेका छन । साेहि क्रममा छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरका वडाअध्यक्ष ललन प्रसाद यादव लालले पदभार ग्रहण गर्दै वडालाइ ५ वर्ष भित्र नमुना वडा बनाउने उदघाेष गरेका छन । उनले आफ्नै कार्यकालमा शिक्षाको सुधारका लागि नियमित रुपमा सामुदायिक विघालयहरुकाे अनुगमन तथा कक्षा १ देखि ने ईंग्लिश माध्यमबाट कक्षा सन्चालन गर्ने प्रतिबद्धता जनाएका छन ।यस्तै स्वास्थ्यमा विशेष सुधारका साथै कृषिका लागि वडाका किसानहरुका लागि सहज रुपमा मलखाघ ,बीउ , बिजन लगायतका व्यवस्था गर्ने जनाएका छन । भुपु गाबिस अध्यक्ष मथुरा यादवकाे प्रमुख अातिथ्यमा आयाेजित साे पदभार ग्रहण समारोहमा निवर्तमान वडाअध्यक्ष बिनाेद कुमार यादव ,युवा पत्रकार शुभ नारायण यादव , जसपाका केन्द्रीय सदस्य चित नारायण यादव , नेकपा एमालेका केन्द्रीय नेता रामवृक्ष महताे , तारकेश्वर यादव ,शिक्षकहरु पन्चदेव यादव ,मिन्टु यादव लगायतका बक्ताहरुले आ आफनाे शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । यस्तै जिल्लाकाे तिलाठि काेइलाडि गाउपालिका वडा न.१ तिलाठि र वडा न.३ सकरपुरामा समेत पदभार ग्रहण गरेका छन । वडा न.१ का वडाअध्यक्ष दिनेश्वर मिश्र तथा वडा न.३ का वडाअध्यक्ष रमेश कुमार मुखियाले समेत पदभार ग्रहण गरेका छन । यसैगरी छिन्नमस्ता गाउँपालिका वडा न.५ लाेखरमका वडाअध्यक्ष जय प्रकाश ठाकुरले एक समारोहबीच पदभार ग्रहण गरेका छन ।
Discussion about this post