सुरेन्द्र मेहता/ चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा आज भएको गाउँकार्यपालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले एकलौटी जित भएको छ ।
भने राप्रपाबाट उम्मेदवारी दर्ता गराइएको मध्ये एक सिट पनि ल्याउन सकेनन् ।
गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै गाउँ कार्यपालिकाको निर्वाचन आज साेमबाट बिहान सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालय भाेक्राहा नरसिंह गाउँपालिका जानकारी दिएको छ ।
निर्वाचन अधिकृत कार्यालयकाे जानकारी अनुसार चार महिला र दुई दलित तथा अल्पसङ्ख्यक सदस्य गरी ६ जना सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजय भएका छन् ।
चार जना महिला सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट चार जना र राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट चार जना गरि ८ (आठ) जनाले मनाेनायन दर्ता गराइएका थिए । भने दुई दलित तथा अल्पसङ्ख्यक सदस्यकाे लागि नेपाली कांग्रेसकाे तर्फबाट २ जना र राप्रपाकाे तर्फबाट २ जना गरि चार जनाकाे मनाेनायन पत्र दर्ता गराइएको थियोे ।
कार्यालयकाे जानकारीअनुसार चार जना महिला सदस्यहरूमा नेपाली कांग्रेसका उम्मेदवार कमला परियार , जरिना प्रविन अंसारी, राधाकुमारी उराँव, विमला देवी माेचीकाे उम्मेदवारहरू विजय भएकी छिन् भने राप्रपाका तर्फबाट उम्मेदवारी दिएका कल्पना कुमारी विश्वकर्मा,तारादेवी खत्वे, फुलकुमारी देवी साह, सरिता देवी उराँव पराजित भएकी छिन् ।
यस्तै, दलित तथा अल्पसङ्ख्यक सदस्यमा नेपाली कांग्रेसकाे तर्फबाट धर्मनाथ भगत, रामेश्वर खत्वे विजय भएका हुन् ।भने राप्रपाबाट अनुज कुमार झा र राजे खत्वे पराजित भएको निर्वाचन अधिकृत माेहनबहादुर अधिकारीले जानकारी दिए ।
Discussion about this post