शुभ नारायण यादव /सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँ कार्यपालिकाकाे आज सम्पन्न निर्वाचनबाट कार्यापालिका सदस्य चयन गरिएको छ । सम्पन्न मतदानबाट छिन्नमस्ता कार्यपालिकाकाे दलित / अल्पसंख्यक सदस्यमा लाेसपाबाट तिर्थ नारायण रायले २५ मत र नेकपा एमालेबाट विलेक्षण रजकले २४ मत ल्याएर विजयी भएको छ । यस्तै महिला सदस्यहरुमा लाेसपाकी जानकि देवि राम २६ मत , नेकपा एमालेबाट गाववति दास २५ मत एमालेबाटे बिना देवि शर्मा २४ मत र जनमत पार्टीबाट जसाे देवि राउतले २३ मत ल्याएर बिजयि भएको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिए । छिन्नमस्ता गाउँ कार्यपालिकामा कुल ३७ मत खसेकाे थियाे । जसमा ६ जना कार्य पालिका सदस्य मनाेनयन गर्नुपर्नेमा सर्वसम्मत मनाेनयन हुन नसकेपछि अन्त निर्वाचन प्रक्रिया गरेकाे थियाे । यसैबिच नव निर्वाचित कार्यपालिका सदस्यहरुलाइ एक कार्यक्रमका बिच प्रमाण पत्र समेत प्रदान गरेका छन ।निर्वाचन अधिकृत सुर्यराज घिमिरेकाे अध्यक्षता तथा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिघानन्द चाैधरिकाे प्रमुख आतिथ्यमा सम्पन्न साे कार्यक्रममा छिन्नमस्ता गाउँपालिका वडा न.२ का वडाअध्यक्ष सिकिन्द साह, ५ का वडाअध्यक्ष जय प्रकाश ठाकुर , युवा पत्रकारहरु शुभ नारायण यादव , रुपेश कुमार यादव लगायतका बक्ताहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
Discussion about this post