शुभ नारायण यादव /सप्तरी । उदयपुरकाे बेलका नगरपालिका वडा न. ४ रामपुरलाल सिस्वाका एक पुरुषकाे शव मृत अवस्थामा सप्तरीमा फेला परेकाे छ । सप्तरीको सप्तकोसी नगरपालिका वडा न.१ स्थित त्रियुगा खाेलाकाे चन्द नहरकाे हेड बाध नजिक पाेडि खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको अवस्थामा मृत अवस्थामा शव फेला परेकाे हाे । शव फेला पर्नेमा उदयपुरकाे बेलका नगरपालिका वडा न.४ रामपुरलाल सिस्वा निवासि अन्दाजी ३२ बर्षिय प्रबिण खत्रीकाे शव फेला परेकाे सशस्त्र प्रहरी बल ६ न. गण हेड क्वाटर सप्तरीले जनाएको छ । उक्त शव स्थानीयबासिहरुले देखेपछि सशस्त्र प्रहरी बल नेपाल सुरुक्षा बेश फतेपुरबाट खटिएको टाेलिले उक्त युवककाे शव फेला पारिएको छ । यता फेला पारिएको शवलाइ पाेष्टमार्टमकाे लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा पठाइएको तथा घटनाकाे थप अावश्यक अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
Discussion about this post