मान बहादुर ठकुल्ला/ टीकापुर । कैलालीको टीकापुर नगरपालिकाका नव जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ स्थित रहेका तिन वटा संस्थाले संयुक्तरुपमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा स्वागत गरिएको हो । सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुह , कर्णाली माध्यमिक विद्यालय र भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको संयुक्त आयोजनामा भएकोको कार्यक्रम सामुदायिक वनका अध्यक्ष धनसिह साउदको अध्यक्षतामा भएको थियो ।भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका कार्य बाहक अध्यक्ष पशुपति लाल कर्णले स्वागत गरेका थिए । कार्यक्रममा टीकापुर नगरपालिका का नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुरको दक्षिणी क्षेत्र का चार वटा वडा ६,७ ,८ र ९ बाढीका दृष्टिकोणले अति जोखिममा रहेकाले बाढीपिडितको समस्यालाई समाधानका लागि बिशेष पहल गरेर अधि बढ्ने बताएका छन । जसका लागि रानी जमरा कुलरिया सिचाई आयोजना संग समन्वय गरिरहेको समेत बताएका छन । बाढी प्रभाबित क्षेत्रका बासिन्दाका लागि काम गर्न आफु सदैव तत्पर रहेको समेत बताए । त्यसै गरि नगरपालिकाका उप प्रमुख खड्क बहादुर शाहले टीकापुर नगरपालिकामा जुन किसिमले बिकास हुनु पर्ने थियो त्यो हिसाबले बिकास नभएको भन्दै अव आफुहरुले समानरुपले बिकास गरेर लैजाने बताएका छन । यस भन्दा अघिका जनप्रतिनिधीले असमानरुपले बिकास गरेकोले न्यसलाई समान रुपमा बिकास गरेर अघि बढ्ने प्रचिबद्धता जाहेर गरेका छन । अव टीकापुरको असारे योजनाको अन्त्य गरि बैशाख भिक्रै कार्यत्रम तथा योजना सक्ने किसिमले काम कारबाही अगाडी बढ्ने समेत प्रतिबद्धता गरेका छन । सामुदायिक वनका कोषाध्यक्ष मनिराम ढुंगानाले संचालन गरेको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चौधरी ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने , ८का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला लगायतले आफ्ना प्रतिबद्धता जाहेर गरेका छन ।
Discussion about this post