लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खाँले केहि समयअघि आफुले व्याचलर(स्नातक) पास गरेको हो भन्दै शैक्षिक प्रमाणपत्र बुझाएका छन् । तर अहिले उनी कक्षा १२ को परीक्षा दिइ रहेका छन् ।
कक्षा १२ को परीक्षा गएको सोमबार शुरु भएको छ । उनी कक्षा १२ को परीक्षामा सामेल भएका छन् । उनले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तिर्ण भएको उल्लेख छ ।
मन्त्री खाँ मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ र १२ मा भर्ना भएका थिए । शिक्षा संकायमा भर्ना भएका उनले अहिले परीक्षा दिइरहेका छन् ।
उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ । मन्त्री खानले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएपनि त्यसपछि भने गएका छैनन् ।
मन्त्री खाँले पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिए पनि अन्य विषयको परीक्षामा भने सहभागी नभएको खुदावगर आदर्श माविका केन्द्राध्यक्ष प्रकाश शुक्लाले बताएका छन् ।
मन्त्रीसँगै मायादेवी गाउँपालिकाका वडा नम्बर ५ का हालका वडाअध्यक्ष तेजनारायण पाल पनि परीक्षामा सहभागी छन् । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचन भएका पालले पनि पहिलो दिनको परीक्षामा सहभागी भएता पनि अन्य विषयका परीक्षामा सहभागी नभएको केन्द्राध्यक्ष शुक्लाले जानकारी दिए ।
Discussion about this post