इनरुवा । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागी पुनःताजगी तालिम सुरु गरेको छ । गाउँपालिकाले आयोजना गरेको मेलमिलाप कर्ताहरुका लागी पुनः ताजगी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हरिनगर गाउँपालिकाका न्यायीक समितिका संयोजक रिमझिम कुमारी भगतले मुलुककै नमूूना न्याय दिने गाउँपालिकाको रुपमा स्थापित गर्न सहभागीलाई आग्रह गर्नुभयो ।
उहाँले मेलमिलापकर्ताहरुले आफूले मेलमिलाप गराउँदा दुधको दुध, पानीको पानी बिना पूर्वाग्रही ढंगबाट काम गर्ने बिश्वास लिएको बताउनुभयो । भगतले सबैलाई सकारात्मक सोचका साथ काम गर्न आग्रह समेत गर्नुभयो । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भगतले सबैलाई अनुभूत हुने न्याय दिलाउने अभिभारा मेलमिलापकर्तामा आएको बताउनुभयो ।
मेलमिलाप केन्द्रका अलाउदिन अंसारीले हरिनगर गाउँपालिकाका ७ वटै वडामा एउटै यात्रामा रहेकोले एक ठाउँमा गल्ती भए सिंङ्गो पालिका नै बदनाम हुने भन्दै त्यसतर्फ सजग रहन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीको तर्फबाट आफ्नो धारणा राख्दै श्रीकृष्ण मेहताले तालिमले आफूहरुलाई उर्जा थपेको बताउनुभयो । तालिममा मेलमिलापकर्ता जयकृष्ण यादव र मेघराज न्यौपाने लगायतकाले प्रशिक्षण दिईरहनुभएको छ ।
Discussion about this post