सुनसरी । सुनसरी स्थित भोक्राहा नरसिंह गाउँपालिका- ८ कमिटीका सचिब, अनेरास्ववियु भोक्राहा नरसिंह संयोजक, नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीका जिल्ला सदस्य र प्रेस चाैतारी नेपाल सुनसरीका जिल्ला कार्यसमिति सदस्य तथा इनरुवा नगरकमिटी संयोजक र पत्रकार समेत रहेका अजमल अन्सारी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
उहाँसँगै नेकपा एमाले भोक्राहा नरसिंह गाउँकमिटीको सदस्य तथा अनेरास्ववियु जिल्ला सदस्य तथा भोक्राहा नरसिंह पनि काङ्ग्रेसमा प्रवेश गर्नु भएको छ । यसैगरी कैलालीका विद्यार्थी नेता रेवन्त ढकाल नेपाली काङ्ग्रेस प्रवेश गर्नु भएको हो ।
उहाँहरुलाई बिहिवार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेर बहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा टिका र खादा लगाएर कांग्रेसमा स्वागत गर्नुभएको थियो । नेपाली काङ्ग्रेसको बिचार र कांग्रेसको कामप्रति प्रभावित भएर पार्टि प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए।
उनीहरुलाई प्रवेश गराउदै पार्टी सभापति शेर बहादुर देउवाले पार्टीलाई सुदृढीकरण र बलियो काङ्ग्रेस बनाउन तपाईँहरु जस्तो जोश जागर युवा नेताको आवश्यक रहेको बताउदै तन, मनका साथ पार्टीका काम र अभियानलाई सफल बनाउन निर्देशन दिनुभयो । सभापति देउवाले विद्यार्थी तथा युवा नेता भएकोले मुल्यांकनको आधारमा जिम्मेवारी समेत दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नेपाली काङ्ग्रेस चोैधो महाधिवेशनका प्रतिनिधि तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यका प्रत्यासी समेत रहेका युवा नेता डाक्टर अबुल हुसैन अन्सारीको नेतृत्वमा पार्टी प्रवेश गर्नु भएको छ । नवप्रवेशीहरुले युवा नेता अन्सारीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
उनीहरुले विगत ६ वर्ष अर्थात् २०७४ सालदेखि विद्यार्थी राजनीति र पार्टीको राजनितिमा सक्रिय भएर लागेका थिए । उनीहरुले उमेरमा २१ वर्षको भएपनि एमाले पार्टी र निकटको जनवर्गीय संगठनहरुको विभिन्न पदहरु सम्हाल्दै आफ्ना जिम्मेवारीहरू कर्तब्यनिष्ठ भई पुरा गरि रहेका थिए ।
उनीहरुले पार्टिले सोच्न नसकिने गलत काम गरेकोले बाध्य भएर नैतिकताको आधारमा उक्त परित्याग गरेका हुन् । वहाँहरुले पार्टीमा भइ रहेको गलत क्रियाकलापको बारेमा पटक-पटक पार्टीमा कुरा राख्दा पार्टीको गैर जिम्मेवारपन काम र पार्टीमा विभिन्न नैतिकताहिन निर्णयहरु गरेकोले पार्टी परित्याग गरेको अजमल अन्सारीले बताए ।
यसैगरी नेकपा एमाले सुनसरीमा दलाल नेताहरुको नैतिकताहिन प्रवृत्ति हावी भएकाले एमालेबाट परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । उनले आफ्नो अबको राजनितिक यात्रा काङ्ग्रेसबाट नयाँ र सशक्त रुपमा सुरु भएको बताए ।
Discussion about this post