इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा ‘सचेत, शिपमुलक र सुरक्षित रोजगार, मर्यादित श्रम आप्रवासनको मुल आधार नारा सहित अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसर पारेर सामुदायीक विकास संस्था सिडियो सुनसरी मार्फत संचालीत सामी परियोजनाका जिल्ला संयोजक धिरज भट्टराईको संयोजकत्वमा इनरुवाको गोल चौकमा मैनवति प्रज्वलन गरी दिवस मनाइएको हो
दिवसका अवसर पारेर सामी परियोजना सुनसरीका जिल्ला संयोजक धिरज भट्टराइले विविध कारणले विदेएका नेपाली आप्रवासी कामदारको अधिकारप्रति सामी परियोजना संवेदनशील रहेको बताए ।
सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
सो निर्णयको अवसर पारेर विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस इनरुवा सहित विश्वभर मनाइने गरेको छ ।
Discussion about this post