इनरुवा । सुनसरी सदरमुकाम इनरुवा अस्पतालका निमित्त मेसु डाक्टर देवराज घिमिरे माथी अभद्रव्यवहार गरेको आरोप बाहिर आएको छ ।
डाक्टर घिमिरेले आफ्नो जिम्मेवारी निर्वाह गर्ने भन्दा अस्पतालमै कार्यरक्त जुनियर स्वास्थ्यकर्मीहरुलाई अभद्रव्यवहार गर्ने गरेको आरोप बाहिर आएको हो ।
अस्पताल भित्र सुशासन कायम गर्ने नाममा नियमित काम गर्ने इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप गर्ने र मानशिक तनाव सहित अभद्रव्यवहार गरेको भन्दै महिला स्वास्थ्यकर्मीहरु रुष्ट बनेका छन् ।
फोनकल र प्रत्यक्ष भेटघाटमा समेत महिला स्वास्थ्यकर्मीहरुमार्थी अनावश्यक तनाव दिने, झर्केर बोल्ने र काम गरी रह्नेलाई एउटा फाँटबाट अर्को फाँटमा सारीदिने धम्की सहीत अभद्र व्यवहार गर्ने गरेको एक स्वास्थ्यकर्मीले बताएको छ ।
ती स्वास्थ्यकर्मीका अनुसार अनुभवी र जुन फाँटमा काम गरीरहेका छन् सोही फाँटमा स्वतन्त्रतापुर्वक काम गर्न नदिई तनाव दिने गरेको डाक्टरको बानीको कारण अस्पताल सुधार भन्दा तनाशाह तर्फ उन्मुख भएको छ ।
एक स्वास्थ्यकर्मीका अनुसार आफ्नो शाखामा नियमित काम गरीरहदाँ करारका डाक्टर घिमिरेले पटक पटक फोनमा अनावश्यक दवाव दिदैँ आएको र आफुले भनेको नमाने राजीनामा दिन दवाव सहित मानशिक तनाव दिएको गुनासो बाहिर आएको छ ।
स्वास्थ्यकर्मीहरु बिरामीको सेवा र उपचारमा नियमित रुपमा लागी परेपनि डाक्टर घिमिरेको अभद्र व्यवहारले काम गर्ने मनोवल गिराएको गुनासो समेत वाहिर आएको छ ।
यता डाक्टर घिमिरेले आफु त्यस्तो अभद्र व्यवहार नगरेको जिकिर गर्दै केही भए बसेर कुराकानी गर्न सकिने प्रतिकृया दिए ।
उता अस्पतालकै फरक प्रसंगमा ओसीएमसी तथा इनडोर इन्चार्जको रुपमा कार्यरत्त रोनी ठाकुरले पनि आफु खुशी गरेको गुनासो सेवाग्राहीले गरेका छन् ।
स्वास्थ्य जस्तो संम्वेदनशील विषयमा ठाकुरले वेवस्ता गर्दै आफ्नो डियुटीमा समेत क्वाटरमा बसी पढ्ने र सेवाग्राहीलाई वास्ता नगर्ने गरेको ग्नासो ओसीएमसीमा आएको एक सेवाग्राहीले गुनासो गरेका छन् ।
ओसीएमसी महिला तथा बालबालिकाहरु पीडित भएर आएपछि गोप्य रुपमा स्वास्थ्य तथा मनोविमर्श सेवा र उपचार पाउँनुपर्नेमा घण्टौँ सम्म ठाकुर र सो शाखामा कार्यरत्त अर्का एक स्टापनर्स भुमी धामी समेत अनुपस्थित रह्ने गरेको कारण पीडा लिएर आएका सेवाग्राही त्यसै फर्किन बाध्य भएको समेत गुनासो आएको छ ।
ठाकुरले ओसीएमसीमा २४ घण्टे सेवाको वातावरण मिलाउनुपर्नेमा दिउँसै कार्यकक्ष खाली रहेको पाइएको छ ।
Discussion about this post