• pradeshpoint
  • Pradeshpoint
Wednesday, May 6, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

सुनसरी प्रशासनले कुनै किसिमको कमजोरी छैन् , घटनाको जिम्मेवार आयाेजक

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ ५ गते, ०:५५ बजे प्रकाशित
in FEATURE, Uncategorized, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड
1.4k
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । छिमेकी मुलुक भारत बिहारका भोजपुरी फिल्मका सुपरस्टार कलाकार खेसारीलाल यादवले विराटनगरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै सुनसरी प्रशासनले कुनै किसिमको कमजोरी नरहेको बताएका छन् ।
प्रदेश नं.१ स्थित सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ मा रहेको  बर्जु तालमा आयोजित बर्जु महोत्सवका लागि आएका भारत बिहारका कालकार खेसारीलालले संचारकर्मीसँग गरेको कुराकानीमा सुनसरी प्रशासनको कुनै कमजोरी नरहेको बताइएकाे हाे ।
बर्जु गाँउपालिका वडा नं ६ को बर्जु तालको खेल मैदानको प्राङगणमा मिति २०७८/०९/२३ गते देखी २०७८/१०/०४ गते सम्म बर्जु सामुदायिक विकास केन्द्रकाे आयाेजनामा बर्जु महोत्सव सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीको चलानी नं. १०९ काे पत्रमा बर्जु गाउँपालिकालाई महाेत्सव राेक्न जानकारी गराएको थियाे ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बर्जु सामुदायिक विकास केन्द्रलाई महाेत्सव सञ्चालन गर्न मिति २०७८।०९।२३ बाट अनुमति दिइएकोमा हाल बढ्दै क्रममा रहेको कोडिभ- १९ संक्रमण सम्बन्धी प्रशासन कार्यालयमा मिति २०७८।०९।२७ मा बसेको DCMC को बैठकको निर्णय र आदेश कार्यान्वयनमा रहेकोले उक्त अनुमति गत २ गतेदेखि खारेज गरिएको व्यहोरा निर्णयानुसार  बर्जु गाउँपालिकालाई  अनुरोध गरेपनि अटेर गरेको बुझिएको छ ।
उता भारतीय कलाकार यादवका अनुसार सुनसरी प्रशासनले महाेत्सव संचालनमा रोक लगाएको जानकारी आफुहरुलाई नदिएकोले आफुहरूलाई समेत गुम्राहामा पारेको हुदाँ आयोजकले क्षति बेहोर्नुपर्ने बताए ।     
भारतीय  सुपर स्टार कलाकार कलाकार यादवको भनाइअनुसार आयोजक समितिका अध्यक्ष श्रवण चौधरीले समेत आफुहरुलाई भेटन नआएको गुनासो व्यक्त गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले भने बर्जु महोत्सवमा जनतासँग टिकट बिक्री गरेको हुनाले आक्रोसित जनताले तोडफोड गरेको उनले बताए । सुनसरी प्रशासनले रोक लगाएपछि कार्यक्रम स्थगित गर्नुपर्ने उनले तर्क गर्दै जनता र आफुहरुलाई गुमराहमा पारेको बताए । आयोजक समितिले आफुलाई जानकारी गरेको भए फेसबुक लाइभ आएर कार्यक्रम स्थगित भएको घोषणा गर्थे उनले भने ।
जनता र सुनसरी प्रशासनको कुनै दोष नरहेको उनले स्पष्ट पार्दै सरासरी दोष आयोजकको रहेको यादवको भनाई छ । भारतीय स्कारपियो ४ वटा जलेर नष्ट भएको र स्टेजमा रहेको सम्पुर्ण समानहरु तोडफोड गरेको हुदाँ आयोजकले तिर्नुपर्ने उनले बताए । तेस्रो चरणको कोरोनाको लहर दिनप्रतिदिन बढ्दै गएको हुदाँ सुनसरी प्रशासनको आदेशलाई अटेर गर्दै आयोजकले बर्जु महोत्सवलाई नरोकी संचालन गरेको हुदाँ सर्वसाधारणहरुले तोडफोड र आगजानी गरेको बताए ।
जनताको लागि मंगलवार बिहान बिराटनगर आइपुगेकोले आफुको कुनै दोष नरहेको स्पष्ट पारे ।   
यता पुस २ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बर्जु महोत्सव संचालन नगर्न लिखित आदेश गरेको थियो  । बर्जु महोत्सवको लागि पुस २३ गतेदेखी अनुमति दिएको बताउँदै उनले पुस २५ गते सीसीएमसीको बैठकबाट कोरोना प्रोटोकल सिफारिस भएको बताए ।
प्रजिअ यादव प्रदेशप्वाइन्ट डटकमसँग कुराकानी गर्दै पुस २६ गते गृह मन्त्रालयबाट निर्देशन प्राप्त भएपछि पुस २७ गते डीसीएमसीको बैठकबाट निर्णय र आदेश सार्वजनिक गरेको बताए । उनले पुस २८ गते सबै स्थानीय तहहरुलाई पुनः निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको बताए । कोरोनाको महामारीमा बर्जु महोत्सवलाई रोकनुपर्ने स्थानीयहरुको गुनासोलाई मध्यनजर गर्दै पुनः पुस २ गते स्थगित गर्न आदेश दिएको थियोे ।
गाउँपालिका अध्यक्षको दम्भको कारण भयो घटना ?

बर्जू गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले महोत्सव आयोजनाको विषयमा प्रशासनको आदेशलाई अवज्ञा गर्दा यस्तो स्थिति भएको बताइएको छ । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले माघ २ गते पूर्न महोत्सव बन्द गर्न अर्को परिपत्र गरेको थियो । तर अध्यक्ष चौधरीले ‘स्थानीय सरकार आफु भएको र मेरो गाउँपालिकामा भएको कार्यक्रम रोक्ने अधिकार कसैलाई नभएको’ भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग विवाद गरेको स्रोतको दाबी छ । 
सोमबार दिउसो मात्र पनि सिडियो साँवले केही राजनीतिक दलका नेता बिच भएको छलफलमा बर्जू गाउँपालिकाका अध्यक्ष चौधरीले ‘मेरो राज्यमा कसैको आदेश चल्दैन’ भन्ने गैर जिम्मेबारी अभिव्यक्ति बोलेका थिए । 
‘सिडियो साँवले मङ्गलबारको महोत्सव रोकौ भनेर धेरै पटक आग्रह गर्नुभयो’ छलफलमा सहभागी एक नेताले  भने :‘तर अध्यक्षको बोली व्यवहार अत्यन्त रुखो  थियो ।’
कलाकार खेसरीलाललाई प्रशासनले जसरी पनि रोक्ने अडान लिएपछि अध्यक्ष चौधरी ‘रोकेर देखाउनु’ भन्दै छलफलबाट बाहिरिएको ति नेताको भनाई छ ।

Tags: अध्यक्ष रधुनन्दन चाैधरीकोकुनै किसिमको कमजोरी छैन्दम्भको कारण ताेडफाेडबर्जु गाउँपालिकासुनसरी प्रशासनले जिम्मेवार आयाेजक

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist