इनरूवा । सुनसरीको काेशी गाउँपालिकाबाट सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट(बिओपि) लाैकहीले प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । खुला सीमानाकाकाे फाइदा उठाउदै दशगजाबाट सशस्त्र प्रहरी हवल्दार राजेश राउत कमाण्ड नेतृत्वको टाेलीले अबैध लागूऔषध औषधोपचार गर्ने २ जनालाई पक्राउ गरेको हाे । सशस्त्र प्रहरी हवल्दार राउत कमाण्डमा ५ जनाको बोर्डर चकप्वाईन्ट टोलीले (ईन्जिन नं. JC65E-7-1245541 च्याचिस नं.0ME4JC654HH715895701 भएको काे ३१प. ७०७६ नम्बरको कालो कलरको होण्डा साईन मो.सा. रोकि चेकजाँच गर्ने क्रममा पक्राउ परेको बताए । पक्राउ पर्नेमा माे.सा.मा सवार जि.सुनसरी कोशी गा.पा.-४ बस्ने बर्ष १९ को प्रबेज आलम र ऐ.जिल्ला भोक्राहा नरसिंह गा.पा. वडा.नं ५ बस्ने बर्ष ३४ को वाजिद्विन मन्सुरीले शरिरमा लुकाई छिपाई राखेको डाईलेक्स डिसी १२ वटा,नाईट्रोसन-५ पाता (५०) ट्याबलेट,स्पास्मो प्रोक्सोमन प्लस ४५ पाता (३६०) ट्याबलेट, नेपाली रुपैया रु.५।- र भारतिय रुपैया १५००।- सहित निजलाई नियन्त्रणमा लिएकाे हाे । पक्राउ परेको लागुऔषध र मो.सा. सहित अन्य समानहरू प्रारम्भिक अनुशान्धान तथा आवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालाय लौकहीमा बुझाईएको सशस्त्र प्रहरी निरिक्षक अरूण पाण्डेले जानकारी दिए ।
Discussion about this post