भजनी/ कैलालीकाे भजनी नगरपालिका र टीकापुर नगरपालिकाका अधिकांश बाढीपीडित क्षेत्रमा बनाइएका उच्च धारा र उच्च शाैचालय सुरु देखि नै प्रयाेग विहिन रहेका छन् ।
कैलाली टीकापुर नगरपालिका र भजनी नगरपालिका काे दक्षिणी बाढीपीडित क्षेत्रका अधिकांश वडामा बनेका उच्च धारा र उच्च शाैचालय प्रयाेग विहिन भएका हुन ।
कैलालीका भजनी, लालबाेझि, साविक नारायणपुर, धनसिंहपुर लगायतका क्षेत्रमा बनेका उच्च धारा र उच्च शाैचालयमा सरकारकाे लाखौंको लगानी भए पनि प्रयाेग बिहिन हुदा जिर्ण बन्दै गएकाे स्थानिय अर्जुन साउद बताउछन् ।
साउदका अनुसार भजनी नगरपालिका वडा नम्बर ५ दुदुवाफाटा स्थित नेपाल जलवायु परिवर्तनको सहयोग र तत्कालीन जिल्ला विकास समितिको सहकार्यमा निर्माण गरिएको शाैचालय र उच्चाधारा प्रयाेग बिहिन रहेकाे बताए । भजनी र टीकापुरका बाढी प्रभाबित क्षेत्रका समुदायमा र बिद्यालयमा बाढि सम्बन्धि कार्यक्रम अन्तरगत विभिन्न संघ संस्थाले लाखौको लागतमा निर्माण गरेका उच्च धारा र उच्च शाैचालय प्रयोग विहिन भई जिर्ण बन्दै गरेका छन् ।
लाखौं लगानीमा बनेका यस्ता संरचनाहरुकाे प्रयाेग र संरक्षणको आवश्यकता रहेकाे छ ।
३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित
इनरुवा । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल विजयी भएका छन्। उनले...











Discussion about this post