विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारको खोजी सुरु गरेको जनाएको छ । नेकपा एमाले प्रदेश–१ को संसदीय दलले विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रदेश सरकार खोज्न थालेको जानकारी दिएको हो । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री भीम आचार्यले प्रदेश १ मा सरकार भएको अनुभूति हुन नसकेकाले प्रतिपक्ष एमालेले सरकारको खोजी थालेको बताए । ५ दलीय गठबन्धनको सरकार गठन भएको तीन महिना बितिसक्दासमेत मन्त्रालय र मन्त्री भागबण्डाको झगडामै अल्झिरहेको उनको आरोप छ । जनताका समस्यालाई ध्यान नदिइ कुम्भकर्ण जसरी प्रदेश सरकार सुतेको आचार्यको टिप्पणी छ । उनले नयाँ र राम्रा काम गर्नुको साटो अघिल्लो सरकारले तयार गरेका विकास र समृद्धिका आधारहरूलाई भत्काउने, विगार्ने, समितिहरू विघटन गर्ने र बजेटविहीन बनाएर निष्प्रभावी बनाउने काममा सरकार लागिरहेको बताए । जनताको समस्याका बारेमा छलफल गर्ने संसदलाई विजनेशविहीन बनाएर सरकार मन्त्रालय फुटाएर विकासका आयोजना कटौती गरी मन्त्रीहरूको भरणपोषण गर्ने काममा लागेको आचार्यको आरोप छ । भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १२ पुर्याइएको विषयमा विपक्षी एमालेले सशक्त बिरोध गर्ने आचार्यले स्पष्ट पारे ।
सुनसरीमा एलपी ग्यासको कृत्रिम अभाव, बजारमा कालोबजारीको गुनासो, प्रशासन मौन
सुनसरी। सुनसरीका विभिन्न बजार क्षेत्रमा एलपी ग्यासको कृत्रिम अभाव देखिएको भन्दै उपभोक्ताले कालोबजारी भइरहेको गुनासो गरेका छन्। बजारमा ग्यास अभाव...









Discussion about this post