सुनसरी । नेकपा एसका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुनसरीको धरानमा पार्टी संगठनका बारेमा चासो दिएपछि धरानका नेकपा एसका नेता कार्यकर्ताहरुले सशक्त संगठन निर्माण अभियान व्यापक बनाउन थालेका छन।
सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा नेकपा एकिकृत समाजवादीले स्थानिय तहको चुनाव नजिक आएसगै वडा टोल संगठन निर्माण अभियानलाई व्यापक बनाएको हो ।
नेकपा एकिकृत समाजवादीका धरानकी उपसचिव अमृता रमदान सेन्चुरीका अनुसार शनिवार धरान ५ नम्बर वडाको भेलाले दिलकुमारी लिम्बुको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा रत्नमाया तामाङ, सचिवमा अस्मिता वनेम, उपसचिवमा महानन्द लिम्बु रहेका छन ।
वडा भेलाबाट गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै पार्टीको झण्डा र माइन्युट हस्तान्तरण गरेका थिए ।
भेलामा धरान उपमहानगर कमिटीका उपाध्यक्ष पदमा सुब्बा, सचिव खेमराज दाहाल, उपसचिव स्वर्णीमहाङ फम्बो, जिल्ला सदस्यहरु लोकनाथ निरौला, नन्द सिह श्रेष्ठ, सुर्य राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उपसचिव अमृता रमदानले धरानका सवै वडामा पार्टी र जनवर्गिय संगठनका वडा तथा टोल कमिटी बनाउने अभियानलाई अझ प्रभावकारी बनाउदै उपमहानगर क्षेत्रमा न्युनतम ५ हजार पार्टी सदस्य बनाउने लक्ष्य लिएर जनताका बिचमा गएको बताइन ।
सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा विभाजनपछि माधवकुमार नेपालको पक्षमा खुलेर प्रतिगमन विरोधी कित्तामा उभिएका नकेपा एमालेका नेता कार्यकर्ताहरु १० बुदे सहमतीपछि पर्ख र हेरको रणनितीमा रहदै आएका थिए ।
स्थानीय तहको निर्वाचन नजिक आएसगै पर्ख र हेरको स्थितीमा रहेका अधिकाशं माधवकुमार नेपाल निकट रहेका एमालेका नेता कार्यकर्ताहरु नेकपा एकिकृत समाजवादीमा समाहित हुने तयारीमा बसेकाले नेकपा एसले आफनो अभियानलाई अझ सशक्त बनाउदै लगेको हो ।
नेकपा एस निकट वाम बुद्धीजिवीहरु कम्युनिष्ट राजनितीमा मह्त्वपुर्ण भुमिका खेल्दै आएका धरानका वाम विचारका समर्थक र लोकतान्त्रिक समर्थकहरुको वैकल्पीक राजनिति शत्तीका रुपमा नेकपा एस रोजाईमा परेको बताउछन ।
नेकपा एसको धरान उपमहानगरपालिका कमिटीले योजनावद्ध रुपमा नगरका सवै वडा तथा टोल वस्तीमा संगठन निमार्ण तथा विस्तार अभियान संचालन गरेपछि नेकपा एसका पक्षमा जनलहर आएको दावी वाम बुद्धीजिवीहरुले गरेका छन ।
Discussion about this post