पुष्पा कुमारी यादव / इनरुवा । स्थानीय तह निर्वाचन २०७९ नजिक्दै जादाँ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आ – आफ्ना दाबी प्रस्तुत गर्ने क्रम बढेको छ ।
आउँदो स्थानीय तह निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको तर्फबाट ५ (पाँच) जनाले दाबी प्रस्तुत गरेका छन् ।
पार्टी स्रोतका अनुसार गाउँपालिकामा २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच जनाले इच्छा व्यक्त गरेका छन् ।
पर्टीका भोक्राहा नरसिंह गाउँपालिका इन्चार्ज रमेश प्रसाद यादव, गाउँ कमिटी अध्यक्ष रामकुमार मेहता, गाउँ कमिटी सचिव तथा वडा नं. ८ का वडाध्यक्ष हात्तिम अंसारी, प्रदेश ख का सह इन्चार्ज बाबुराम साह तथा नव प्रवेशमा लागेका वर्तमान गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव समेत आकांक्षी देखिएका छन् ।
नेकपा एमालेबाट स्थानीय तह निर्वाचन २०७९ मा पाँच आकांक्षी यादव, मेहता, अंसारी र साह सहित चारै जना आ आफ्नो दाबी प्रस्तुत गर्दै पार्टी भित्र र बाहिर लविंग तिब्र पारेका छन् ।
मतदाताहरुले भने अध्यक्षमा रमेश यादवलाई उठाउँदा चुनाव जित्न सक्ने दाबी गरेका छन् ।
उता समाचार स्रोतका अनुसार दाबी प्रस्तुत गरेका मध्ये वर्तमान भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष एंव नव प्रवेशमा लागेका महेन्द्र प्रसाद यादवलाई पार्टी टिकट दिने लगभग निश्चित भएको बताए ।
पालिका अध्यक्षका आकांक्षी पाँचै जना मध्ये सबै भन्दा मजबुत आकांक्षीको रुपमा वर्तमान अध्यक्ष महेन्द्र प्रसाद यादव रहेको कारण उनलाई पार्टीले टिकट दिने लगभग निश्चित भएको समाचार स्रोतको दाबी छ ।
Discussion about this post