भावना ऋषिदेव / इनरुवा । आसन्न स्थानीय तह निर्वाचन २०७९ मा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.५ का वडाध्यक्षमा युवा नेता श्याम यादवले आफ्नो उम्मेदवारी दाबी गरेका छन् ।
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट भोक्राहा नरसिंह गाउँपालिका वडा नं.५ का वडाध्यक्ष पदमा श्याम यादवले आफ्नो उम्मेदवारी घोष्णा गरेको हो ।
यादव पछिल्लो समय यता समाजसेवामा सकृय भुमिका खेलेको भन्दै भोक्राहा नरसिंह गाउँपालिका वडा नं.५ का स्थानीय मतदाताहरुले समाजसेवी तथा युवा नेता श्याम यादवको नाम चर्चा गर्न थालेपछि उनले वडाध्यक्ष पदमा आफ्नो इच्छा जाहेर गरेको बताए ।
यादवले गाउँघरमा रहेको गरिव परिवारका सदस्यहरुलाई आफ्नै हजुरबुबाको नाममा स्थाप्ना गरेको श्री खुशीलाल यादव स्मृति प्रतिष्ठान भोक्राहा नरसिंह गाउँपालिका वडा नं.५ को नाममा व्यक्तिगत एम्बुलेन्स खरिद गरि सेवा दिदैँ आएका छन् ।
उनले त्यति मात्रै होइन् गरिव र निमुखा जनताहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा दिदै आएका छन् ।
Discussion about this post