इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्ष पदमा युवा उम्मेदवार मुर्सिद आलमले उम्मेदवारी घाेषणा गरेको छ ।
वडा नम्बर ८ मा नेपाली कांग्रेस भित्र बलियो उम्मेदवारकाे रूपमा रहेकाे आलमलाई स्थानीय युवाहरूले स्थानीय तह निर्वाचनमा सहयोग गर्ने बाचा गरेको उम्मेदवारी घाेषणा गरेको बताए ।
आउदाे स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह ८ का वडाध्यक्षका प्रवल दावेदारका रुपमा आलम प्रस्तुत भएका हुन् ।
आउँदो स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिका ८ मा आलम युवाहरुको चाहना अनुसार वडाध्यक्ष पदका आकांक्षीका रुपमा देखिएका हुन् । आलम नेपाल विधार्थी संघको राजनीतिकदेखी कांग्रेस पार्टीको संगठन विस्तार र मजबुतका लागि काम गर्दै आइरहेका छन् ।
राजनीतिबाट जनताको सेवा गर्ने प्रमुख उद्देश्यका साथ वडाध्यक्ष पदका प्रमुख दावेदारका रुपमा प्रस्तुत भएका हुन् । मंसुरीले नेपाली कांग्रेस पार्टीको संगठन निर्माणदेखी सुदृढिकरण अभियानसम्म मेहनत गरेर कांग्रेसलाई जिवित राख्ने काम गरेका छन् ।
नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह ८ मा धेरै आकांक्षीहरु भएपनि मुर्सिद असल युवा नेतृत्वकर्ताको रुपमा चिनिन्छ ।
पार्टीको काम पनि इमान्दारिताका साथ निर्वाह गर्ने र संगठन निर्माणमा पनि अहम भुमिका निर्वाह गर्न सिपालु युवाका रुपमा समेत पहिचान बनाएका मुर्सिद आउँदो स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवार भएकाले पार्टी नेतृत्व गर्नेहरुले उनलाई टिकट दिए उनको जितन सक्ने उम्मेदवार रहेको युवाहरुको कथन छ ।
भोक्राहा नरसिंह ८ का युवा मुर्सिद मंसरी कर्मठ, योग्य, दक्ष र इमान्दार,जुझारु युवाका रुपमा समाजमा स्थापित गरेका छन् । युवाहरुको चाहनालाई उनले कदर गर्दै आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनलाई टिकट दिनुपर्ने युवाहरुले जोडदार माग समेत गरेका छन् ।
Discussion about this post