इनरुवा । नेपाली कांग्रेसका प्रभावशाली नेताहरुको पहुँचमा रहेका भोक्राहा नरसिंह गाउँपालिका निवासी अजमल अख्तर आजादले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
अघिल्लो निर्वाचनमा आफ्नै पार्टीको बागी उम्मेदवारका कारण पराजीत भएका अजादले यसपाली आफुलाई पार्टीले साझा उम्मेदवारको रुपमा अघि सार्नु पर्ने आग्रह सहित अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
अजादले आफु उम्मेदवार भए भोक्राहा नरसिंह गाउँपालिकामा चुनाव जित्ने निश्चित रहेको दाबी गर्दै जितेपछि गाउँपालिकाको विकास समृद्धि र सुशासनका लागि काम गर्ने बताए ।
उनले आफ्नो जन्मथलो र राजनीतिक कर्मथलो समेत भोक्राहा नरसिंह नै रहेकोले आफु चुनाव जित्ने विश्वासका साथ चुनावी मैदानमा आएको बताए ।
अहिले आफु घर घर जाऔँ , कांग्रेस जिताऔँ अभियानमा लागेको र टिकट पनि करिव करिव आफैँले पाउँने भन्दै मतदाताहरुलाई रिझाउन व्यस्त रहेको बताए ।
Discussion about this post