इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कार्यरक्त कर्मचारीहरु एक्सनमा आएका छन् ।
स्थानीय तह निर्वाचन अधिकृतको कार्यालय भोक्राहा नरसिंह गाउँपालिका अकाहा २, सुनसरीका निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले आफुखुशी स्थानीय तह निर्वाचन २०७९ मा कर्मचारीहरुलाई खटाएको भन्दै गाउँपालिकामा कार्यरक्त कर्मचारीहरु एक्सनमा आएको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले बिहीबार स्थानीय निर्वाचन अधिकृत अधिकारीलाई मोवाइल फोन सम्पर्क गरी स्थानीय तहमा कार्यरत्त कर्मचारी निर्वाचनमा खटाउनका लागि ध्याकर्षण गराएका थिए ।
प्रमुख प्रशासकीय प्रमुख मेहताले निर्वाचन अधिकृत अधिकारीलाई ध्यानाकर्षण गराएपनि स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचन आयोगले दिएको निर्देशन विपरीत कर्मचारी नियुक्ती गरी चुनावमा खटाउन लागेपछि कर्मचारीहरु बिरोधमा उत्रेका हुन् ।
यहीँ वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जनशक्ति व्यवस्थापन सम्बन्धि निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ बमोजिम कर्मचारी खटाउनु पर्ने बताए ।
निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी उपलब्ध भएसम्म स्थानीय तहको कर्मचारीलाई खटाउनु पर्ने व्यवस्था भएपनि आफुखुशी कर्मचारी नियुक्ति गरी खटाइएकोमा पालिकाका कर्मचारीहरुले आपति जनाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मेहताले गत वैशाख ८ गते बिहीबारको दिन निर्वाचन अधिकृत अधिकारीलाई ध्यानाकर्षण गराएको भए पनि कुनै किसिमको सुनुवाई नभई अन्यत्रैबाट कर्मचारी व्यवस्थापन गरीएकाले निर्णय सच्याउनका लागि शनिबार स्थानीय तह निर्वाचन अधिकृत अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै निर्णाय सच्याउन आग्रह समेत गरेको जानकारी दिए ।
भोक्राहा नरसिंह गाउँपालिकामा कार्यरक्त कर्मचारीहरुको हस्ताक्षर सहित स्थानीय तह निर्वाचन अधिकृतको कार्यालय प्रमुख अधिकारीलाई ज्ञापन पत्र बुझाइएको लेखा अधिकृत महेश राना मगरले प्रदेश प्वाइन्ट अनलाइनलाई जानकारी दिए ।
लेखा अधिकृत राना मगरले भने स्थानीय तहमा नै कर्मचारी आवाश्यक योग्यता अनुसार बमोजिमको भए पनि कानुनी व्यवस्था विपरित हुने गरी बाहिर बाटै व्यवस्थापन गरिएको प्रति गाउँपालिकामा कार्यरत कर्मचारीहरुको गम्भीर असहमती रहेको बताए ।
उनले भने यस्तो किसिमको कानुन र निर्देशिका विपरित गरिएको कार्यलाई सच्चाई निर्वाचन अधिकृतको कार्यालयमा पालिका अन्तर्गतकै सहायक निर्वाचन अधिकृत र लेखाको कर्मचारीहरुलाई खटाउनु पर्ने बताए ।
त्यस्तै २०७८ साल चैत्र ०३ गते निर्वाचन आयोगबाट स्वीकृत स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका,२०७८ को बुंदा नं. १४ मा मतदान केन्द्रमा सहायक कर्मचारी र सहयोगी कर्मचारी खटाउँदा सम्वन्धित स्थानीय तह भित्रका कार्यालयमा कार्यरत जनशक्तिलाई खटाउनु पर्ने उल्लेख गरिएको छ । निर्देशिका यसरी जनशक्ति खटाउँदा कर्मचारीको हकमा आफ्नो घर ठेगाना रहेको स्थानको सम्वन्धित वडामा र शिक्षकको हकमा कार्यरत स्थान र आफ्नोघर ठेगाना रहेको स्थानको सम्बन्धित वडामा नपर्ने गरी खटाउनु पर्ने व्यवस्था छ । (१५) उपदफा (१४) बमोजिम कर्मचारी खटाउँदा सम्वन्धित स्थानीय तह भित्रका कार्यालयमा कार्यरत कर्मचारी अपुग भएमा जिल्ला स्थित अन्य कार्यालयमा जगेडामा रहेका कर्मचारी खटाउन सकिने व्यवस्था रहेको छ ।उता स्थानीय तह निर्वाचन अधिकृत अधिकारीसँग प्रतिकृया लिदाँ निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाबाट दुई जनाको नाम सिफारिस गरी पठाएको हुँदा २ जनालार्ई निर्वाचनमा खटाइएको बताए ।
Discussion about this post