चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अजमल अख्तर आजाद अहिले जनताकाे हितमा काम गर्न अर्थात आवश्यक बजेट ल्याउन संघिय राजधानी काठमाडौं पुगेका छन् ।
गाउँपालिका अध्यक्ष अजमल भाेक्राहा नरसिंह गाउँपालिकालाई समृद्ध बनाउनका लागि केही बजेट ल्याउन काठमाडौं आएको उनलेे बताए ।
आजाद जनताको शासक होइन , सेवक हुँ भनेर एकाएक चर्चामा आएका भोक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हुन् ।
उनले स्थानीय तह निर्वाचन २०७९ मा जनतासँग गरेका प्रतिवद्धता पूरा गर्नका लागि आवश्यक बजेट जुटाउनका लागि राजधानी गएका छन् ।
यति बेला संघिय सरकारसँग बजेटको माँग गर्ने शायद भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष आजाद पहिलो व्यक्ति हुन सक्छ जसले पदभार ग्रहण गरे पछि सिधै बजेट व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर राजधानी काठमाडौं गएको हो ।
अहिले उनी सहितको टोलीले नेपाली काँग्रेसका शिर्ष नेता कृष्ण प्रसाद सिटौला, शशांक कोइराला , गिरीजा प्रसाद काेइरालाकी पुत्री तथा नेपाली काँग्रेसकी महिला नेतृ सुजाता कोइराला एवं नेपाल सरकारका प्रवत्ता तथा संचार तथा सूचना प्रविधी मन्त्रि ज्ञानेन्द्र बहादुर कार्की समेतलाई भेटेर भोक्राहा नरसिंह गाउँपालिका भित्रको समस्या र समाधानका लागि योजना सहितको आवश्यक बजेटबारे ध्यार्नाषण गराएका हुन् ।
स्थानीय किसानहरुका लागि सिंचाई , ठुलो क्षेत्रफल ओगटेको यस गाउँपालिकाको सडकहरुको कालोपत्रे , मर्मत सुधार , बजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण र शिक्षामा स्तरउन्नोति लगायतका योजनाहरु समेटेर आवश्यक बजेटको माँग गरिएको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले प्रदेश प्वाइन्ट डटकमलाई बताए ।
Discussion about this post