जनकपुरधाम उपमहानगरपालिका–१४ का ६३ वर्षीय ब्रह्मदेव मिश्रले आफ्नो चरित्र हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ । जनकपुरधाम–१४ मा बस्ने बाराका नेपाल इन्भेस्टमेन्ट बैङ्कमा कार्यरत रहेका वर्ष ३५ का अरुण कुमार यादवले टिकटक मार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै मिश्रले उजुरी दिनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले साइबर अपराधसम्बन्धी उजुरीहरू लिन नमिले पनि प्रहरीले ठाडो उजुरीको माध्यमले सामान्य प्रकृति यस्ता प्रकारका समस्याहरूको समाधान गराउने गरेको छ । विशेष प्रकृतिका घटनाहरूलाई भने साइबर क्राइममै तत्कालै पठाइने गरेको धनुषाका प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीले उजुरीको विषयमा छानविन शुरु गरेको जनाएको छ ।
Discussion about this post