शुभ नारायण यादव /सप्तरी ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महादेवा गापालाई आ.व.०७९÷८० को गाउँसभामा योजना तर्जुमा प्रस्तुत हुने वार्षिक कार्यक्रममा परम्परागत अवधारणालाई निरन्तरता विगतमा दिदै आएकोमा यस पल्टको गाउँसभामा योजना तर्जुमा किसान,दलित,युवा,महिला,लगायतका समुदायको विकास,प्रगतितर्फ वर्गीय आधारमा अगाडी वढाउन ३० बुदै ज्ञापन पत्र बुझाएको छ ।
गापा अध्यक्ष सुनिल कुमार मण्डललाईे माओवादी केन्द्र अध्यक्षका प्रत्याशी दिपेन्द्र माझी,सुरेन्द्र यादव,राधेश्याम यादव,भागवत साह, प्रवेश यादव, फुलोदेवी सदा ,उमेश यादव,लगायतको उपस्थिती ३० बुदै ज्ञापन पत्र बुझाएका छन । ३० बुदै ज्ञापन पत्रमा महादेवा गापा स्तरीय चक्रपथ निर्माण, सुकुम्बासी ,बिपन्न,दलित समुदायलाइ आवास निर्माण ,एक वडा पाँच डिपबोरिङ्ग कार्यक्रम, सरकारी स्कुलहरु को शैक्षिक एबम भौतिक स्त्तरोन्नती कार्यक्रम, निशुल्क बिहानी कक्षा सन्चालन , दलित बस्ती केन्द्रित ,दलित समुदायको महिला ÷ पुरुष स्वयंसेवक शिक्षकलाइ पहिलो प्राथमिकता ), एक टोल एक पोखरी ,एक टोल एक बन,एक टोल एक खेलमैदान निर्माण , स्वास्थ्य सेवा बिमा ,किसान को पशुधन बिमा लगायतका कार्यक्रम ,स्वरोजगार, उत्पादन मुलक ठोस योजना , दलित ,महिला ,बिपन्न विद्यार्थी लाइ उच्च शिक्षा ,प्राविधिक शिक्षा अध्ययन को लागि अक्षयकोष को स्थापना गरी सो बाट निरन्तर सहयोग गर्ने मापदण्ड बनाएर अगाडी बढनरहेको छ ।त्यसै गरी एक वडा बाट अर्को वडा ,एक गाउँ ÷ टोल बाट अर्को गाउँ ÷ टोल जाने सडक र मुख्य सडकहरुको स्तरोन्नति र निर्माणकार्य ,सडक तथा उज्यालो बस्ती अभियान कार्यक्रम ,मासिक घुम्ती स्वास्थ्य शिबिर कार्यक्रम ,जनताको स्वास्थ ,महादेवा को स्वास्थ्य नारा,कृषि सडक ,हरेक बस्तीमा दलान ,महादेवा गापा भित्र रहेका सम्पुर्ण सार्वजनिक पोखरीको ठेक्का लगाउनु पर्ने, महादेवा गापाको ६ वटै वडामा सिचांईको लागी बिधुतीकरण,सोनरा राप्रावि देखि अकवरसा थान हुदै चन्द्र नहर सम्म माटो,ग्राभेल र जिता,बोक्रो नदीमा पुल निर्माण,हुलाकी सडक खण्डको पुल चौकदेखि भारदह–राजविराज सडक खण्डसम्म भीम बांधमा ग्राभेल ,महादेवा गापाको–२ अकवरपुर टोलको पश्चिम बाटोमा पर्ने जिता खाँडौ नदीमा पुल निर्माण,महादेवा गापा–१ सोनरा पुर्व टोल चन्द्र नहर स्थित बोक्रो नदीमा पुल निर्माण,नदी नियन्त्रण,महादेवा गापाको ६ वटै वडामा सार्वजनिक ठाउँ,चौक,लगायतमा सार्वजनिक शौचालय,एक वडा एक नमुना बिधालय,महादेवा गापाका किसानको लागी सिजनेवुलबिउँ,विजन,उपकरण,मल,खाधको ब्यवस्था अनुदानमा वर्षे खेतीको लागी रासायनिक मल,सहुलियत दरमा बिउ,विजनको ब्यवस्था,वर्षायाममा वाढी,शितलहर लगायतको विपद ब्यवस्थापनमा ध्यान पुर्याउन,गापामा वेरुजु र आर्थिक अनुशासन हिनतामा ध्यान पुर्याउन,)कुलतमा फसेको युवा–युवक्रीहरुको रोकथाममा ध्यान पुर्याउन, भारदह–पकरी सडक निर्माण बलिया,बथनाहा,सोनरा हुदै पकरी सम्म पुरानो सर्वे अनुसार अगाडी वढाउन ,गापाको केन्द्र यस पल्टको गाउँसभावाट भगवतपुर स्थित चन्द्र नहरको अडामा केन्द्र स्थापना गरी प्रशासनिक भवन निर्माणको पहल अगाडी वढाउन ज्ञापन पत्रमा आग्रह गरीएको छ । गापा अध्यक्ष मण्डलले यसमा उल्लेख भएका कतिपय योजनाहरु धोषणा पत्रमा समेत रहेको र बाँकी योजना योजना तर्जुमा समावेश गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो ।
Discussion about this post