मान बहादुर ठकुल्ल/टीकापुर । कैलालीको भजनी क्षेत्रबाट ठुलाे परिमाणकाे लागुऔंषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको भजनी नगरपालिका वडा नं. ६ बाट बर्दगोरिया गाउँपालिका वडा नं. ४ का २६ वर्षीय दिनेश ठकुल्ला र २५ वर्षीय यमराज शाहीलाई साेमबार राती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दिनेशले चलाएको सुपप्र ०१००१० प ६७२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा १५ ग्राम ५ सय मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय भजनी बाट गस्तीमा खटिएकाे प्रहरी टाेलीले पक्राउ गरि दुवैमाथि थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post