चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेको कृषि विकास शाखाले कृषि उत्पादन बढाउनका लागि कृषि सामग्री तथा कृषि औजार वितरण गरेका छन् ।
कार्यक्रममा गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिका अन्तरगत कृषि शाखाकाे समन्वय तथा मिथिला कृषि सहकारी संस्था लिमिटेड भाेक्राहा नरसिंह वडा नम्बर ७ काे आयोजनामा कृषि सामग्री तथा कृषि औजार वितरण गरिएको हो।
साे वितरण कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष अजमल आजादले भने कृषि क्षेत्रमा रमाईरहेका किसानहरूलाई अनुदान अवश्यक रहेको बताउँदै अगामी स्थानीय तहकाे नीति कार्यक्रममा किसानहरूकाे लागि विभिन्न किसिमका कार्यक्रममा वजेट ल्याउने प्रतिवद्वता व्यक्त गरे ।
उता गाउँपालिकाले ८ वटै वडालाई उत्पादनका हिसाबले विभिन्न ५ वटा मकै ब्लक क्षेत्र घोषणा गरेकाे छ।
गाउँपालिकालाई कृषि क्षेत्रमा किसानहरूलाई आत्मनिर्भर बनाउने उदेश्यले कृषि शाखा प्रमुख रेनुका चाैधरीले विभिन्न सहकारी संस्थाहरूकाे समन्वय तथा सहकार्यमा लगातार दुई वर्ष यता कृषि सहकारी संस्था ब्लकमा छनाैट भएका किसानहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा कृषि औजार वितरण गरिएको बताइन्। ‘यो गाउँपालिकाका अधिकांश परिवार कृषिमा निर्भर छन्,’ उनले भने, ‘यसका लागि कृषि संस्थामा आवद्व भएका किसानहरूलाई मागअनुसार ५० प्रतिशत अनुदानस्वरूप प्रविधि तथा बिउ दिँदै आएका छौं।’
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तरगतकाे मकै उत्पादन प्रवद्वन कार्यक्रम आर्थिक वर्ष २०७८/७९ अन्तगत छनाैट भएका कृषि सहकारी मध्ये मिथिला कृषि सहकारी संस्था लिमिटेडले शुक्रबार ब्लकमा छनाैट भएका किसानहरूलाई ५० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेका छन् ।
साे ब्लक क्षेत्रमा आवद्व रहेका विभिन्न सहकारी संस्थाहरू मध्ये मिथिला कृषि सहकारी संस्था लिमिटेडले मिनिटिलर १ थान, मकै थ्रेसर खाेस्टा सहित दाँइ गर्ने १ थान, मकै प्लान्टर अटाेमेटिक १ थान, पावर स्प्रेयर ३० थान, काेदालाे टाटा कम्पनीकाे डन्टा सहितको १२४ थानका दरले दुईवटै संस्थाले वितरण गरेका छन् ।
साे कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता उराँव, वडा नम्बर २ का वडाध्यक्ष आलम अंसारी, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र कुमार यादव,वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ७ का वडाध्यक्ष बाैवाललाल यादव, प्रहरी चाैकी चिराैली सहायक निरिक्षक खेमबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका काेषाध्यक्ष अजित कुमार झा, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य दिपेन्द्र यादव, संचारकर्मी रूद्रनारायण साह, चन्दन मेहता, भाेक्राहा साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष उमेश मेहता, जिल्लाका उत्कृष्ट केरा किसान उपेन्द्र यादव लगायतका सहकारी आवद्व रहेका किसानहरूकाे सहभागीता रहेको थियो ।
Discussion about this post