शुभ नारायण यादव/सप्तरी ।
सप्तरीमा छुटटा छुटटै घटनामा परी एक महिला सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजबिराज नगरपालिका वडा न.९ बिहारपुर बस्ने मो.रजौलको श्रीमती अन्दजीं. ३० बर्षिया रुमी खातुनको मृत्यु भएको छ । खातुनले आफनै घरको पानी धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागी घाईते भई तत्काल उपचारको लागी गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको , जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.ना.उ.माधव प्रसाद काफ्लेले बताउनु भयो । मृतक लाशको कानुन बमोजिम सम्पुर्ण प्रकृया पुरा भई घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसै गरी सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका – ६ मधेपुराका राजकुमार मण्डलको छोरा अदाजीं. ५ बर्षिय बिशाल भन्ने विजय कुमार मण्डलको कलभटमा जमेको पानीमा डुबि मृत्यु भएको छ । मृतक मण्डलले घर देखि १०० मिटर उत्तर बाटोमा खेल्ने क्रममा कलभटमा जमेको पानीमा डुबि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.ना.उ.माधव प्रसाद काफ्लेले बताउनु भयो । सो घटनाको वारेमा निजको आमा बुबाले थाहा पाई उक्त लाश घरमा ल्याई राखेको खबर प्राप्त हुना साथ घटना स्थलमा प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटी गई लाश जाँच मुचुल्का लगायतको पोष्ट मार्टमा कार्य सम्पन्न भई घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Discussion about this post