शुभ नारायण यादव /सप्तरी । अन्तरराष्ट्रिय योग दिवसमा योग गरौं, निरोगी रहौं भन्ने नाराका साथ विश्वभरि याेग दिबस मनाइरहेकाे बेला समाजसेवि इन्जिनियर सुर्य नारायण यादवले अग्निपिडित परिवारलाई राहत वितरण गरेकाे छ ।
अग्निपीडितलाई सहयोगी हातहरुको एउटा सानो सहयोग भन्ने उदेश्यले धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा
आगलागिबाट आहतलाई राहत वितरण गरेका हुन । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न. -५ पातोका अग्निपीडित राम सुन्दर यादवलाई राहत स्वरुप भाडाकुडा,लुगाफांटा,त्रिपाल,झुल लगायतका सामाग्रीहरू वितरण गरेकाे संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिएका छन । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण कुमार देव र परिषद सदस्य बृजमान तामांगले संयुक्त रूपमा राहत समेत वितरण गरेकाे छ ।
उक्त राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण कुमार देव, आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष एवम् न्यूज टुडेका कार्यकारि सम्पादक बृजमान तामांग, समाजसेवी दिपेंद्र कुमार यादव,स्टांप नर्स द्वय अंजलि यादव र आकृति थापा सहितकाे उपस्थिति रहेकाे थियाे ।
Discussion about this post