शुभ नारायण यादव/ सप्तरी।
जिल्ला समन्वय समिति सप्तरीमा कांग्रेसको प्यानल विजयी भएको छ । आईतबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुखसहित नौ जना सदस्यहरुमा नेपाली कांग्रेसका प्यानल उम्मेदवार विजयी हुनुभएको हो ।
जिसस प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिव नारायण साहले २३ मत र उपप्रमुखको उम्मेदवार लोकतान्त्रिक समाजवादीका शम्भु कुमार यादवले २० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचत अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिनुभयो ।
यसैगरी, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी,जनमत पार्टी,नेकपा (समाजवादी, र माओवादीको गठबन्धनका तर्फबाट प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार साह र लोकतान्त्रिक समाजवादीका उम्मेदवार यादवले उपप्रमुख पदमा २० मत प्राप्त गर्नुभयो ।जसपा र नेकपा (एमाले) गठबन्धनका तर्फबाट प्रमुख पदमा जनता समाजवादीका छेदी अरगरिया यादवले ११ मत प्राप्त गर्नुृ भयो भने उपप्रमुखमा नेकपा (एमाले)का देव कान्त चौधरीले १४ मत प्राप्त गरेर पराजित हुनु भयो ।
निर्वाचित हुने सदस्यहरुमा राजेश्वर यादव, बुद्वि लाल यादव, सत्य नारायण मण्डल, महिला सदस्यहरु सविताकुमारी साह, प्राणवति देवी सरदार र रंजिता कुमारीचौधरी र दलित वा अल्पसङ्ख्यकबाट वौहरी भगत निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१८ स्थानीय तह रहेको सप्तरीमा जिल्ला समन्वय समितिका कुल ३६ मतदाता रहेका छन् । समन्वय समिति गठनका लागि जिल्लामा एउटै पार्टीको बहुमत छैन । यहाँ नेपाली काँग्रेसको सर्वाधिक १२ मत रहेको छ । यस्तै जसपाको ८, लोसपाको ५, नेकपा एमालेको ४, जनमत पार्टीको ३ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी संग २÷२ मत रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
Discussion about this post