इनरुवा । इनरुवा नगरपालिकाका नगरकार्यपालिकाको नाममा दर्ता रहेका तीन दर्जन बढी मोटरसाईकल कार्यालय सहयोगीदेखि सवारी चालकसम्मले प्रयोग गर्ने गरेको पाइएको छ ।
इनरुवा नगरपालिकाका नाममा यातायात व्यवश्था कार्यालयमा दर्ता भएका विभिन्न कम्पनीका तीन दर्जन मोटरसाईकलहरु कार्यालयका विभिन्न तहका कर्मचारीहरुले इन्धन सुविधासहित प्रयोग गरिहेका हुन ।
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीका अनुसार निर्वाचित भएर कार्यालयको बारेमा जानकारी लिने क्रममा तीन दर्जन बढी मोटरसाईकल कर्मचारीले प्रयोग गरिहेको फेला परेको हो ।
मेयर भण्डारीले अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले प्रयोग गरेको मोटरसाइकल धेरैजसो फिर्ता दिइसकेको र केही दिने प्रकृयामा रहेको बताए ।
उनले कार्यालयका सवारी साधनहरुको उपभोग नगरपालिका र नगरबासीको हितमा उपभोग हुने गरी प्रयोग गर्ने हिसावमा तयारी भईरहेको जानकारी दिदै जथाभावी प्रयोग गर्ने विषयलाई निरुत्साहन गर्न आफू लागिपरेको बताए ।
इनरुवा नगरपालिकाका अनुसार स्कुटर प्र१– ०२–०४२प –६५०५, यामाहा कम्पनीको को १ ब ३०८१, यामाहा कम्पनीको को १ ब ३०७६, स्कुटर को ३५ प ८१९२, पल्सर कम्पनीको को ३८ प ९२९३, स्कुटर को २७ प १८ बजाज कम्पनीको को १ ब १७६९, को ३३ प २८१, को १ ब १७७१, को १ ब १७७४, को १ ब १७७८, को १ ब १६३४, को १ ब १७७५, को १ ब १७७२,को ३२१ प ३७५१ रहेकाे छ ।
को १ प १७०, को २७ प १७७१, को २६ प ४९५१, को २३ प ८८३७, बा१ब ४२७४, को१ब २४८७, को१ब ३०७२, को८प ९८८८, को८प १६६९, को१ब १७७३, को१ब १६६८, को१ब १९०१, को२८प ४७७०, को१ब १७७०, को१ब १९५९, को१ब १७६७, बा२ब ५१३, बा२ब ५१५, बा१ब ७५६०, बा२७प ६५१३ र एक थान डिस्कभर कम्पनीको मोटरसाईकल इन्धन सुविधासहित विभिन्न तहका कर्मचारीहरुले प्रयोग गरिरहेका छन ।
मोटरसाईकल र इन्धन सेवा प्रयोग भईरहेका मोटरसाईकलहरु अधिकांश इनरुवा नगरपालिका कार्यालयभित्रै घर भएका कर्मचारीहरुले प्रयोग गरिरहेका छन ।
त्यसमा पनि आफ्नो निजी सवारी साधन हुनेहरुलेसमेत आफ्नो मोटरसाईकल थन्काएर नगरपालिकाको इन्धन सुविधासहितको मोटरसाईकल प्रयोग गरिरहेको बताईएको छ ।
इनरुवा नगरपालिकासँग चार दर्जनभन्दा बढी मोटरसाईकल रहेपनि करिब आधादर्जन मोटरसाईकल नगरपालिकाको सम्पर्कमा नरहेको बताईएको छ ।
स्वयम मेयर भण्डारी भने नगरपालिकाको सवारी साधन नचढी आफ्नो निजी सवारी साधन चढिरहेका छन । उनले मेयरको सपथ लिएकै दिनबाट आफ्नो निजी सवारी साधन चढीरहेका छन ।
नगरपालिकाको तीन वटा चार चक्के सवारी साधन मध्ये एक नगरप्रहरीले, एक कर्मचारीहरुले प्रयोग गरिरहेका छन भने एउटा सवारी साधन अहिलेसम्म बेपत्ता अवस्थामा छ ।
Discussion about this post