इनरुवा । वर्षोनी सुनसरी खोलामा आएको बाढीले भोक्राहा नरसिंह गाउँपालिकाका केही वडावासीहरुलाई विस्थापीत बनाउदैँ आएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका अन्तरगतका केही वडामा आएका बाढीले सयौँ घरपरिवार विस्थापीत बनाएपनि त्यसतर्फ सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् ।
बढीबाट विस्थापीत बनाउँदा भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ का स्थानीय श्यामदेव मण्डल भन्छन् यसै क्षेत्रबाट संघिय सासंद र प्रदेश सासंद जिताएर पठाए हामीहरुले के पाए ।
वास्तवमा सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ मा पर्ने भोक्राहा नरसिंह गाउँपालिकाका जनताहरुको यतिबेला दिनचर्या फरक तरिकाले चलिरहेका छन् ।
कसैको घरमा चुलो समेत बाल्न सक्ने अवस्था छैन् । यतिबेला कसरी सुरक्षित हुने भनेर चिन्तीत बनेका छन् । उता केही पीडित घर छोडेर स्कुल पुगेका छन् भने केही सुरक्षित स्थानमा सरेका छन् ।
उता सुनसरी खोलाको बाढी वर्षौनी नरसिंहमा पस्दा यहाँका स्थानीय जनताहरु रातभर बाढीको त्रासका कारण जाग्राम समेत बस्ने गरेको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नंं. ७ का वडाध्यक्ष वौवालाल यादवले जानकारी दिए ।
यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिका वार्ड ७ मा सुनसरी खोलको बाढीले लगभग एक सय भन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएका छन् ।
बाढीको कहरले प्रकृतिक संरचना देखि भगौलिक संरचनासम्म प्रभावित भएका छन्, (मानव, मन्दिर, बाटो, विद्यालय…) साथैँ भोक्राहा नरसिंह गापा वार्ड नं. वडा नम्बर ४ को मुसहरी बस्तीका करिव ३० परिवार ५, को राम टोल, दास टोल र सुकुम्बासी टोल बस्तीका १ सय ५० घरपरिवार विस्थापीत बनेका छन् भने वार्ड नम्बर ७ का खत्वे टोल, मण्डल टोल, रामजानकी मन्दिर उत्तर मण्डल टोलको सयौँ घरपरिवार बाढी बाट प्रभावित भएका छन् ।
भने स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले सुनसरी खोलाको प्राकृतिक प्रकोप, बाढीले स्थानीय जनता पटक पटक प्रत्यक्ष रुपमा पीडित बने पनि जनप्रतिनिधिहरुले यावत समस्या माथी कुनै चासो नादेखाएको स्थानीय जनताहरुको गुनासो छ । यसका साथै वर्तमान स्थितीले पनि यही प्रमाणित हुन्छ ।
बर्षेनी सो क्षेत्रका स्थानीयहरु सुनसरी खोलाको बाढीबाट प्रभावित बन्ने गरेको भएपनि अहिलेसम्म पनि खोलाको पानी नियन्त्रणको लागि तटवन्ध निर्माण लगायतका उपायका विषयमा स्थानीय सरकारसहित कुनै पनि सरकारले चासो नदेखाउँदा उनीहरु वर्षमा एकपटक सुकुम्बासी झै घर छाडेर अग्लो स्थानको खोजीमा निस्कनु पर्ने अवस्थामा पुग्ने गरेका छन ।
उता बाढीबाट विस्थापीत बनेका घरपरिवारहरुलाई भोक्राहा नरसिंह गाउँपालिकाका केही जनप्रतिनिधिहरुको सहयोगमा सुरक्षित स्थानमा सारिएका छन् भने बाँकी घरपरिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने प्रयास जारी रहेको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष हारुण अंसारीको कथन छ ।
वडाध्यक्ष अंसारीका जानकारी बाढीबाट विस्थापीत बनेका घरपरिवारका सदस्यहरुको लागि तत्काल रहात प्याकेज व्यवस्थापन गरिएको बताए ।
Discussion about this post