मानबहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ९ खक्राैलाबाट लागु औषध एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरी चाैकी कालाकुण्डाबाट प्रहरी नायब निरिक्षक रेवन्त बाेहराकाे नेतृतणवमा खटिएको प्रहरी टाेलीले आज ३ बजे लम्की चुहा नगरपालिका वडा न ४ बलिया बस्ने बर्ष १८ काे बिक्रम चाैधरीलाई पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन । निज चाैधरीलाई शंका लागि चेकजाँच गर्दा १२२ ट्याब्लेट NITRAVET-10 र १३० मिलिग्राम लागु औषध सहित पक्राउ गरेकाे जनाएकाे छ ।
प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटीएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.९ खक्रौला स्थित नेपाल भारत सिमानाकामा भरत तर्फबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा निज चौधरीलाई शंका लागी रोकी चेकजाँच गर्दा निजले बोकेको झोला भित्र कपडाको बिच भागमा लुकाई छिपाई गरी राखेको लागु औषध (खैरो हिरोईन) फेला पारी चौधरीलाई पक्राउ गरी अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालयको हिरासतमा राखीएको छ ।
Discussion about this post