मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्ती स्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्था र प्राक्टिकल एक्सन नेपाल काे साझेदारीमा संचालि सुचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत साझेदार सहकारीलाई कम्प्युटर र ट्याबलेट माेबाईल आज एक कार्यक्रमका बिच प्रदान गरीएकाे छ । सुचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम संचालन रहेका कैलाली र बर्दिया जिल्ला १२ वटा सहकारीलाई सामग्री प्रदान गरिएकाे उज्यालो बहुउदेश्यीय सहकारी संस्थाका उपाध्यक्ष शशी श्रेष्ठले जानकारी दिएका छन । बाढी बिमा कार्यक्रम संचालन रहेकाे समुदाय अन्तरगतका सहकारी लाई सामग्रीले कृषककाे बिमा गर्नमा सहयाेग पुर्याउने उदेश्यका साथ सामग्री प्रदान गरिएकाे स्टाेनस्टेपका दिनेश पन्तले जानकारी दिनु भएकाे छ । सुचाङ्कका आधारमा बाढी बिमा कैलालीको टीकापुर नगरपालिका , जानकी गाउँपालिका र बर्दिया जिल्लाकाे राजापुर नगरपालिका , गेरुवा गाउँपालिका र मधुवन नगरपालिकामा संचालनमा रहेकाे कार्यक्रम संयाेजक हेमन्तराज जाेशीले जानकारी दिएका छन ।
Discussion about this post