शुभ नारायण यादव/ सप्तरी ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा न. ५ स्थित चन्द्रनहरमा आज बिहान पानीमा डुबेर दलित तथा गरिब परिवारका एक वृद्धको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सप्तरीके सप्तकोसी नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय लक्ष्मी सदा रहेका छन् ।
स्थानीय पत्रकार दिपेन्द्र यादवका अनुसार शुक्रबार बेलुकाको समयमा गाई चराएर घर फर्किने क्रममा गाई फर्काउन नहरमा पसेका वृद्ध सदा अचानक डुब्न पुगेका थिए । उनी डुबेको खबर गाउँलेले अबेर राती थाहा पाए लगतै स्थानिय प्रहरीलाई खबर गरी उद्घार कार्यमा लागेका थिए ।
वृद्ध सदा डुबेको खबर प्राप्त भए पछि प्रहरीले नहरको पानी बन्द गराइ खोजी कार्यमा लाग्दा शनिवार बिहान सदाको शव मृत अवस्थामा चन्द्रनहर भन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।
यता मृतक सदाको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको प्रहरीले जनाएको छ । दलित तथा गरिब परिवारका सदा वर्षौँदेखि गाउँभरिका गाईबस्तु चराउने काम गर्दै आएका थिए ।
Discussion about this post