रौतहट जिल्लामा २ सय केजी गाजा सहित भारतीय स्कारपियो प्रहरीले पक्राउ गरेका छन् । जिल्लाको राजपुर नगरपालिकाको वडा न. ६ कुडिया स्थित सुरक्षा बेंस फतुवाबाट खटिई गएको सशस्त्र प्रहरीका निरीक्षक विनय श्रेष्ठको साथमा रहेको १३ जनाको टोलीले विशेष सुचनाको आधारमा बगैचामा लुकाई पार्किङ्ग गरि राखेको DL 4C NB 6229 भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा गाँजा जस्तो देखिने १३ वटा पोका प्रति पोका १४ केजी ८ सय ग्रामको हिसाबले टोटल १ सय ९२ केजी ४०० सय ग्राम उक्त गाडी सहित पक्राउ गरिएको छ ।
यसमा कसक-कसको संलगता रहेको छ ? यो भारतीय नम्बर प्लेटको गाडी कसको हो ? यसको सवारी धनी को हुन अब यो सबै कुरा बाहिर आउनु थप्प अनुसन्धानका लागि जिल्ला सशस्त्र प्रहरी बेस क्याम्प हजमिनिया दरवारमा पठाएको छ ।
Discussion about this post