राजविराज ।
सप्तरी लगायत तराइ मधेसका ल्लिाहरुमा केही समयदेखि वर्षा नहुदाँ किसानहरुले यस वर्ष वर्षा र सिंचाइ गरेर ७५ प्रतिशत जग्गामा धान रोपाँइ सम्पन्न गरेका छन् ।
लमो समयदेखि वर्षा नभएपछि यहाँका किसान मोटर तथा अन्य बैकल्पिक उपकरणबाट सिंचाईको व्यवस्था गरेर रोपाँइ गरिरहेका छन भने कतिपय किसान अझै आकाशे पानीको प्रतिक्षामा रहेको छ ।
कृषि ज्ञान केन्द्र सप्तरी राजविराजका प्रमुख राजेन्द्र प्रसाद यादवले पर्याप्त वर्षा नहुँदा जिल्लामा शतप्रतिशत रोपाँइ हुन नसेको बताउँदै रसायनिक मल पनि समयमा नपाउदा रसायनिक मल बिनानै धान रोपाँइ भएको बताउनु भयो ।
सप्तरीमा कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ७२ हजार हेक्टर कुल क्षेत्रफल जग्गामा वर्षे धान र ३ सय हेक्टर क्षेत्रफलमा चैते धान हुदै आइएको छ ।
Discussion about this post