बिशाल बस्नेत /बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १२ (बिजलपुरा)का वडाध्यक्ष रामकिशोर साहलाई वडा कार्यालयमै हातपात र गालीगलौज भएको आरोपमा माओवादी निकट जनप्रतिनिधिहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
राजनीतिक प्रतिशोध लिने उद्देश्यले नियोजित ढंगबाट घटना भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूको माग छ । आइतबार संयुक्त विज्ञप्ति निकाल्दै वडाध्यक्ष शमशेर सिंह, पदमबहादुर आले, पूर्णबहादुर बल र कार्यपालिका सदस्य ऐश्वर्या बम्जन तामाङले पूर्वाग्राही ढंगले यस्ता दुर्व्यवहारको घटना गराएको आरोप लागेको छ ।
Discussion about this post