बराहक्षेत्र । सुनसरीमा रुख ढलेर लाग्दा एक युवकको ज्यान गएको छ भने एक जना घाईते भएका छन। ज्यान जानेमा धरान ११ बिष्णु चोकका २४ बर्षका धीरज तामाङ रहेका छन । मृतक तामाङ सुनसरी सदरमुकाम ईनरुवाबाट राष्ट्रिय परिचय पत्र बनाएर कोसी टप्पुको बाटो हुदै धरान आउदै गर्दा बराहक्षेत्र नगरपालिका वडा नं ९ मा जंगल क्षेत्रको बाटोमा रुखले किचेको थियो । रुखले किचेर टाउकोमा गहिरो चोट लाग्दा तामाङको घटनास्थलमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
मृतक घाईतेले चलाएको प्र १-०२-०४४ प ६८१ नम्बरको स्कुटरमा सामन्य क्षती भएको छ भने उनकै पछाडी सबार २५ बर्षिय सगेन्द्र बिष्टको बिराटनगर स्थित बिराट टिचिङ अस्पतालमा उपचार भईरहेको र बिष्ट बोल्न सक्ने अबस्थामा रहेको जिल्ल प्रहरी कार्यालयका एस पी संजयसिंह थापाले जानकारी दिनुभएको छ ।
Discussion about this post