महेश सिंह /सिरहा – २०७४ को निर्वाचन पश्चात् लहान नगरपालिकामा पुर्व मेयर मुनि साह सुडीको सरकारले १०० सयौं करारका कर्मचारी भर्ना गरेका थिए।
२०७९ को निर्वाचन पस्चात लहानका मेयर महेश प्रसाद चौधरीले अनावश्यक करारका कर्मचारीहरुलाई हटाउदा पुनः काममा फर्काउन करार का कर्मचारीहरुले नगरपालिका विरुद्ध धारणामा बसेका छन्।
भर्ना गरिएको करार कर्मचारीमा विभिन्न बर्ग समुदायको ब्यक्तीहरु पर्ने रहेका छन्।कामबाट नगरपालिकाले कर्मचारीहरुलाई हटाउदाँ परिवारमा थप पिडा र चिन्ता थपिएका छन्।ज्याला मजदुरीमा काम गर्ने मजदुरहरुलाई घर परिवार चलाउन र हात मुख जोड्न सम्स्या रहेका छन्। कर्मचारीलाई हटाउदाँ निकै दुखी भएका छन्।
हटाएका कर्मचारीहरुका अनुसार आफुलाई पुनः काजमा फर्काएकान्न भने हामी चरण बध आन्दोलनमा जाने निर्णय गरेका छन्। पीडित संघर्ष समिती गठन गरेका हामी निरन्तर आन्दोलनमा रहने बताए।
Discussion about this post