इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा भव्य रुपमा गुरु दक्षिणा समपर्ण उत्सव कार्यक्रम सम्पन्न भएको छ । आफ्नो धर्म संस्कृती परम्परा अनी रितीथितीको संरक्षण गरौं, परधर्मीहरुको लहैलहैमा लागेर आफ्नो सनातनी परम्परा नमासौं भन्दौ धर्म रक्षाको लागि काम गर्दै आएको हिन्दु स्वयंसेवक संघ नेपालले इनरुवामा गुरु दक्षिणा समर्पण उत्सव कार्यक्रम गरेको हो ।
कार्यक्रममा संघका राजकुमार मेहताले सबैले आ आफ्नो ठाउँबाट आआफ्नो धर्म संस्कृति र संस्कारको रक्षाका लागि लाग्नुपर्ने बताए । सयौंको संख्यामा रहेका संघ कार्यकर्ताहरुले स्वेक्षाले सहयोग गर्दै आफुनो ठाउँबाट योगदान गर्ने र आफ्नो संस्कृति , संस्कार र धर्म संरक्षण गर्दै अगाडि बढ्ने र अरुले हस्तक्षेप गरेको खण्डमा त्यसको प्रतिबाद गर्ने समेत बताएका छन् ।
गुरु दक्षिणा कार्यक्रमलाई सम्बोधन गर्दै स्यंसेवक संघका जिल्ला सहचालक तथा स्वयंसेवक मनोज कुमार यादवले आफ्नो धर्मको रक्षा गर्न सवै एक जुट हुनु पर्ने बताए । यस्तै कार्यक्रममा स्वयंसेवक दिलिप साहले आफ्नो धर्म संस्कृतिको रक्षाको लागि आफै हामी तपाई सबै नै नलाग्ने हो भने एक दिन हाम्रो अस्तीत्व नै समाप्त हुने बताए ।
यस्तै कार्यक्रममा स्वयंसेवक संघका स्वयंसेवक भुवनेश्वर यादवले आफूहरुले हाम्रो संस्कार जोगाउन नसकेको खण्डमा भावी पुस्ताले हामीलाई धिक्कार्ने बताए । यस्तै उनले कसैको प्रलोभनमा लाग्दै आफ्नो रिती परम्परा त्याग्नु भनेको मातृ भूमीमाथी गरिएको गद्दारी समेत भएको बताए । हिन्दु स्वयंसेवक संघले प्रत्यक बर्ष गुरु दक्षिणा कार्यक्रम गुरु पूर्णिमा देखि एक महिनासम्म गर्दै आएको छ । गुरु दक्षिणाबाट उठेको रकमबाट नै देशभर संस्कृति संरक्षणका काम हुँदै आएको जनाएको छ ।
गुरुदक्षिणा समर्पण उत्सवमा जनजाती कल्याण आश्रम नेपालको राष्ट्रिय महासचिव प्रेम थुलुङ्गको प्रमुख आतिथिको रुपमा रहनुभएको थियो भने रतन चौधरी सहितको विषेश आथिथ्यता रहेको थियो ।
Discussion about this post