इनरुवा । सुनसरीमा जबरजस्ती करणी र लागु औषधका घटनामा वृद्धि भएको छ । तीन आर्थिक वर्षको प्रहरी तथ्यांक हेर्दा जबरजस्ती करणकीको घटनामा वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०७६-७७ मा जिल्लामा एक सय वटा बलात्कारका घटना भएकोमा आर्थिक वर्ष २०७७-०७८ मा एक सय २० वटा र आर्थिक वर्ष २०७८-०७९ मा एक सय २२ वटा घटना भएको छ । जिल्लामा ३ वर्षमा बलात्कारका तीन सय ४२ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याकंमा छ ।
जिल्लामा २०७६-०७७ देखि ०७८-७९ सम्म आइपुग्दा जबरजस्ती करणकीको घटनामा २२ प्रतिशतले वृद्धि भएको छ छ । त्रिवर्षीय आकडा अनुसार सबैभन्दा धेरै आपराधिक घटनामा बलात्कार पहिलोमा रहेको छ ।
त्यस्तै लागु औषधका घटनामा पनि वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको पछिल्लो ३ वर्षको तथ्यांक अनुसार चार सय ७१ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६-०७७ मा एक सय ३२, आव २०७७-७८ मा एक सय ४८ थान र आव २०७८-७९ मा एक सय ९१ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
प्रहरीले आफै काम गर्दै गरेको अध्ययन र परेको मुद्धा अनुसारका कर्तव्य ज्यानमा आर्थिक वर्ष २०७६-०७७ मा १५, आव २०७७-७८ मा २५ थान र आव २०७८-७९ मा २० वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
ज्यान मार्ने उद्योगमा आर्थिक वर्ष २०७६-०७७ मा ४० थान, आव २०७७-७८ मा ६३ थान र आव २०७८-७९ मा ८४ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
मानव बेचबिखनमा आर्थिक वर्ष २०७६-०७७ मा ५ थान, आव २०७७-७८ मा ८ थान र आव २०७८-७९ मा ८ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
मानव अपहरण तथा शरिर बन्धकमा आर्थिक वर्ष २०७६-०७७ मा ५ थान, आव २०७७-७८ मा ७ थान र आव २०७८-७९ मा ८ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
हातहतियार तथा खरखजाना मुद्धामा आर्थिक वर्ष २०७६-०७७ मा ८ थान, आव २०७७-७८ मा ८ थान र आव २०७८-७९ मा १२ थान रहेको तथ्यांकले देखाएको छ ।
त्यसैगरी सवारी ज्यानमा आर्थिक वर्ष २०७६-०७७ मा ७० थान, आव २०७७-७८ मा ९० थान र आव २०७८-७९ मा ११३ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
उता ठगीमा आर्थिक वर्ष २०७६-०७७ मा १९ थान, आव २०७७-७८ मा २७ थान र आव २०७८-७९ मा ४० वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ । त्यसैगरी नागरिकता सम्बन्धी कसुरमा आर्थिक वर्ष २०७६-०७७ मा एक थान, आव २०७७-७८ मा ६ थान र आव २०७८÷७९ मा ३ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
जिल्लामा गत वर्षको असार १६ देखी यो वर्षको साउनसम्ममा कुल दुईहजार ३५ थान मुद्धा दर्ता भएकोमा एक हजार २९७ फछौट भएको र ७३८ चालु अवस्थामा रहेको छ । यसअवधीमा पक्राउ पर्नेमा एक हजार ६७२ पुरुष र ९० जना महिला गरि एक हजार ७६२ रेहको छ । विभिन्न घटनामा फरार रहेको संख्या पुरुष ५५० र महिला ६८ जना रहेको छ , प्रहरीले देखावटी रुपमा सेटिगंन नमिल्दासम्मको तीन करोड ३६ लाख ६२ हजार ४० रुपियाँको विभिन्न सामग्री भन्सार बुभलाएको छ । यसका साथै ३१ जना किसानलाई त्रसाउनका लागि जबरजस्ती गिरफन्तार गरि भन्सार बुझाएको थियो ।
विगतको तथ्यांक केलाउदा सुनसरीमा बढ्दैछ अपराधिक घटना ः
सुनसरीमा अपराधिक घट्ना वर्षेनी बढ्दै गएको तथ्यांकले देखाएको छ । बढ्दो जनसंख्या, मानिसमा बढी तडकभडक र विलासी जिवन शैलीका लागि भन्दै जिल्लामा अपराधिक घटना बढेको देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको अपराध अनुसन्धान शाखाको वार्षिक तथ्यांक अनुसार जिल्लामा अपराधिक घट्ना बढ्दै गएको देखाएको हो । झण्डै छ वर्ष अघिसम्मको तथ्यांक अर्थात २०७२-०७३, २०७३-०७४, २०७४-०७५को तीन वर्षमा ४० प्रतिशतले अपराधिक घट्नाको मुद्धामा वृद्धि भएको प्रहरीले जनाएको छ । त्यसबेलाका तीन वर्ष अघि आर्थिक वर्ष २०७२-०७३ मा १ हजार ४ सय ५८, आर्थिक वर्ष २०७३-०७४ मा १ हजार ६ सय ३१ र आर्थिक वर्ष २०७४-०७५ मा २ हजार २० वटा मुद्धा अपराधिक रहेको देखिएको छ । प्रहरीले गरेको अध्ययन र परेको मुद्धा अनुसार सबै भन्दा बढी लागु औषध र केही सार्वजनिक अपराध तथा झुण्डिएर आत्महत्याको घट्ना सबै भन्दा बढी रहेका छन् । गत आर्थिक वर्षमा कर्तव्य ज्यान २२, ज्यान मार्ने उद्योग ६२, फुटकर ज्यान २८, भवितव्य ज्यान १ सय ३१, विष खाएर आत्महत्या ३९, झुण्डिएर आत्महत्या १ सय ५३ वटा अपराधिक घट्ना रहेको प्रहरीले जनाएको छ । त्यसैगरी संगठित तथा आर्थिक अपराध सम्बन्धि मुद्धामा डाका २, बैकिंग कसुर ५०, चोरी ८०, चौपाया चोरी २, ठगी ३१, जुवा १९, फटाचलन २, लागु औषध २ सय २७ , कालोबजार १, सरकारी छाप दुरुपयोग किर्ते हस्ते ८ थान मुद्धा रहेको छ । त्यसैगरी सामाजिक अपराध महलमा केही सार्वजनिक अपराध ८ सय ५९, नागरिकता सम्बन्धि १, ज्यान सम्बन्धि १७, जातिय छुवाछुत १, कुटपिट र अंगभंग ३ थान मुद्धा रहेको प्रहरी मुद्धा शाखाले जनाएको छ । त्यसैगरी सवारी सम्बन्धि महलमा दुर्घट्नामा ९६ जनाको मृत्यू भएको छ भने १३ चौपायाको ज्यान गएको छ । सवारी दुर्घटनामा १२ जना घाइते भएका छन् । त्यसैगरी महिला तथा बालबालिका सम्बन्धि अपराधमा मानव बेचबिखन सम्बन्धि ११, बहु विवाह २३, बाल विवाह ३, जवरजस्ती करणी ६३, जवरजस्ती करणी उद्योग ३६ रहेको छ । त्यसैगरी विमान अपहरण सम्बन्धि १, मानव अपहरण सम्बन्धि ७, विष्फोटक पदार्थ सम्बन्धि ३, हातहतियार तथा खरखजना सम्बन्धि ९, बोक्सीको आरोपमा २, प्रतिलिपी अधिकार ऐन अन्तर्गत १ र आगो लगाएको २ गरी २ हजार २० थान अपराधिक मुद्धा प्रहरीमा सुचिकृत भएको प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो । जिल्लामा एक वर्ष अगाडिको तुलनामा गएको आर्थिक वर्ष कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, भवितव्य ज्यान, झुण्डिएर आत्महत्या, बैकिंग कसुर, चोरी , ठगी, जुवा, लागु औषध केही सार्वजनिक अपराध , ज्यान सम्बन्धि मुद्धा, जातिय छुवाछुत, बाल विवाह, जबरजस्ती करणी ,करणी उद्योग , सवारी दुर्घटना , विमान अपहरण, मानव अपहरण, हातहतियार ,बोक्सीको आरोप लगायतका १९ वटा घट्ना दोब्बरको हिसावले बढेको तथ्यांक छ ।
Discussion about this post