इनरुवा । स्थानीय किसानहरुलाई परामर्श र कृषि सेवा प्रवाह गर्ने कार्यका लागि सरकारले बनाएको कृषि ज्ञान केन्द्र सुनसरीमा व्यापक अनियमितता र भ्रष्टाचारको गुनासो सेलाउन नपाउदैँ ज्ञान केन्द्रका कर्मचारीले कागजमै कयौँ कार्यक्रम सकिएको फेला परेको छ ।
धेरै जनसम्पर्क नभएको तर बार्षिक रुपमा करौडो रुपैयाँको बजेट आउने कृषि ज्ञान केन्द्र दरबन्दीका कर्मचारी र कार्यालय प्रमुखले कागज मिलाएर कुम्ल्याउनु स्वाभिक भएपनि उनीहरुको ढाकछोप गर्नका लागि नियुक्ति भएका करार सेवामा कार्यरक्त कर्मचारीले समेत कार्यक्रमनै नगरी पचास हजार रुपैयाँ पचाएका फेला परेको छ ।
दरबन्दी अभाव रहेको मौकामा राजनीतिक पहुँचको आधारमा करार नियुक्त भएका कृषि ज्ञान केन्द्र सुनसरीमा कार्यरक्त कृषि प्रसार अधिकृत दिपक तिम्लिसिनाले कार्यक्रमै नगरी फर्जी बिल भरपाई तयारी गरी रकम भुप्तानी लिएको फेला परेको हो ।
एउटै व्यक्तिले सहभागीको नाम लेख्नेदेखी हस्ताक्षर सम्म र यातायात खर्च बुझेको भरपाईदेखी बिल सम्ममा एउटै व्यक्तिले एउटै अक्षरले लेखेको फेला परेपछि कार्यक्रमका लागि आएको बजेट कागज मिलाएर हजम गरेको तथ्य फेला परेको छ ।
संचारकर्मीले गरेको अध्ययन, अनुशान्धान र रिपोटिङ्गका क्रममा विनियोजित कार्यक्रम मध्ये
विषादी रहित खाना सम्बन्धि सचेतनाका लागि आमा समुह परिचालन –खाद्य तथा पोषण कार्यक्रममा कागज मिलाएर रकम झवाम पारको किसानहरुले गरेका छन् ।
यो कार्यक्रम अन्तरगत बार्षिक ५ वटा कार्यक्रम गर्नुपर्ने ठाउँमा एउटामात्र कार्यक्रम गरी बाँकी सबै फर्जी बिल भरपाई तयार गरी रकम हिनामिना गरिएको कार्यक्रममा सहभागी भएकी संगिता मेहताले बताइन् ।
मंसिर ५ गते गरिएको कार्यक्रममा सहभागीहरुलाई चिया मात्रै खुवाएकोमा बिल भने नास्ता समेतको पेश गरेकाले फर्जी बिल भरपाई पेश गरेको पुष्टि भएको मेहताको दाबी छ ।भने सो कार्यक्रममा स्पाइरल र टडपेन नदिएको समेत गुनासो गरिन् ।
यता तिम्लिसिनासँग कार्यक्रमको बारेमा जानकारी लिन खोज्दा फोन उठाएन भने कार्यलय प्रमुख निलकमल सिंहले भने आफु आउनुभन्दा अगाडी नै कार्यक्रम सकिएको प्रतिक्रिया दिए ।
Discussion about this post