मान बहादुर ठकुल्ला
टीकापुर / कैलाली जिल्लाका बिभिन्न स्थानमा रहेका अधिकांश जिर्ण अवस्थाका प्रहरी चौकी भवन कहिले बन्लान ? जिल्लाका अधिकांश प्रहरी चाैकी जिर्ण भवनमा सञ्चालन गरिएका छन् । साेहि जिर्ण भवनबाट दुःख कष्ट सहेर र असुरक्षित रहदै सेवा दिदै अाईरहेका छन ।
टीकापुर नगरपालिका वडा नं. ७ स्थित प्रहरी चौकी कालाकण्डा भजनी नगरपालिका वडा नं. ८ स्थित प्रहरी चौकी जनकपुर, वडा नं. ५ स्थित सीमा प्रहरी चौकी पृथ्वीपुर, वडा नं.७ स्थित प्रहरी चौकी गन्जवा र कैलारी गाउँपालिकाको सीमा प्रहरी चौकी रामपुर लगायतका अधिकांश प्रहरी चौकीका भवन जिर्ण अवस्थाका रहेका छन ।
शसस्त्र द्वन्द्वका बेलामा माओबादीले ध्वस्त पारेका जिर्ण भवनबाट सेवा दिन प्रहरीलाई अफ्ठयारो हुने गरेको प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायब निरीक्षक रेवन्त बाेहराले बताए । बर्षादको समयमा छतबाट पानी चुहिने अवस्थाको घर रहेको यस्तो अवस्थाको भवनमा बसेर जनताको सुरक्षा दिनु पर्ने बाध्यता रहेको छ भने अर्को तिर सिमा नाकामा हुने चोरी तस्करी नियन्त्रण समेत गर्नु परिरहेको उनले अवस्था दर्शाए । उनले थपे न त खाना पकाउने भान्सा गतिलाे छ न बस्ने भवन छ । भान्सामा रहेका टिनकाे छाना कुहिएर चुहिने भएर चुलाेमा अागाे बाल्न नसकिने अवस्था रहेकाे भान्साकाे छाना देखाउदै भनेलकसैले छाना छाउन पहल नगरिदिएकाे बताए ।साेहि भान्सामा खाना पकाएर खाना खाने गरेकाे बताए ।
त्यसै गरी भजनी नगरपालिका वडा नं. ८ स्थित प्रहरी चौकी जनकपुरको भवनको अवस्था पनि मजबुद छैन । उक्त चौकीको भवन पनि करिव ४० वर्ष पुरानो रहेको र त्यो पनि स्थानीय नरबहादुर चन्दको घर भाडामा लिएर बसिरहेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल भण्डारीले बताए । उक्त घरको छत ढलानमा राखिएका सरिया देखिन्छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी करिब २३ विगाहा जमिन रहेको भजनी नपा ५ स्थित सीमा प्रहरी चौकी पृथ्वीपुरको भवनको अवस्था पनि नाजुक छ । हिउँदको समयमा हुने शित पनि छेक्न नसक्ने अवस्थाको भवन रहेको र छतमा ढलान गरिएका सरियासमेत देखिएको भवन कुन दिन भत्किने हो भन्ने चिन्ताले पिरोलिरहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक चरणसिह बुढाथापा बताउँछन् । भजनी नगरपालिकाको सहयोगमा भवन निर्माण कार्य शुरु भए पनि निर्माण कार्य सम्पन्न हुन सकेकाे छैन ।करिब २ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा जिर्ण भवनबाट सेवा दिन समस्या भइरहेको बुढथापाले बताए । भवनको अवस्था देखेर भजनी नगरपालिकाले करिब ३६ लाख बराबरको सुविधा सम्पन्न भवन निर्माण कार्य गरिरहेको छिट्टै निर्माण सम्पन्न गरेर प्रहरीलाई सो भवनमा सारिने भनिए पनि उपभोक्ता समितिले उक्त भवनमा झ्याल र प्लाष्टर गर्नुका साथै रंगराेगन बाकी रहेकाे बताए । अहिले साेहि भवनमा बसिरहेकाे समेत बताए ।
त्यसै गरी कैलारी गाउपालिकास्थित सीमा प्रहरी चौकी रामपुर पनि कर्कटपाताले छाएको कच्ची घरमा रहेको छ । उक्त प्रहरी चौकीका कार्यरत प्रहरीलाई पनि हिउँदमा चिसो थेग्न गाहो हुने गरेको छ भने चैत्र वैशाख महिनामा हावा हुरीले घरको छाना उडाएर लैजान्छ कि भन्ने चिन्ताले सताउँने गरेकाे प्रहरी सहायक निरिक्षक जनक धानुक बताउँछन् ।
Discussion about this post