इनरुवा । चर्को गर्मीमा युवाहरुको हुल उफ, उफ गर्दै स्नान गर्न पोखरी, नदी र तालको सहारा लिने गरेका छन् ।
दुई सता अघि ठूलो वर्षा भयो, त्यसपछि बाढी पनि आयो कोशी क्षेत्रमा कटान डुबान भएर केही विस्थापित पनि भए । तर त्यसयता बर्षा बन्द भएर लगातार गर्मी बढेको छ । गर्मी बढेपछि बजारमा चहलपहन कम भएको छ भने केही विद्यालयहरु पनि बन्द भएका छन् ।
यही बीचमा गर्मी छल्न र रमाईलो गर्न केही स्थानीयहरु सुनसरीको कोशी गाउँपालिका स्थित कोशी नदीको सिपेच भएर बग्ने सीमसारमा स्नान गर्नेहरुको भिड बढेको छ । गर्मी बढेपछि वि.स. २०६५ भदौ २ गतेको विनाशकारी कोशी बाढीले भगालो बनाएको कोशी कटान श्रीपुर क्षेत्रमा रहेको सिमसारको पानीमा गर्मी छल्न र रमाईलो गर्नेहरुको भिड बढेको छ । सुनसरीका अधिकाशं स्थानीय तहका स्थानीयहरु कोशी नदीको सिपेच भएर बग्ने सिमसारमा नुहाउन आउने गरेको कोशी गाउँपालिका ६ श्रीपुरका मनटुन यादवले बताए ।
यादवका अनुसार गर्मीमा कोशीको सीमसार क्षेत्र कोशी कटानमा दैनिक नुहाउनेहरुहरुको संख्या बढेको छ । विगतमा सवारी चालकहरुले मात्रै राजमार्ग छेउँमा नै बस्ने कोशीको सिमसार क्षेत्रमा नुहाउने गरेकोमा अहिले दैनिक ५०० देखी १००० बढीको संख्यामा नुहाउनेहरु र रमाउनेहरु आउने गरेको यादवको भनाई छ ।
राजर्मागसगैं भएको र बाटोमा नै पर्ने भएकाले युवाहरु बढी मात्रामा मोटरसाईकल र कोही जिप, कार र स्कार्पियो नै लिएर गर्मी छल्नको लागि यो आउने गरेको अर्का स्थानीय शंकर यादवले बताए । गर्मी सिजन भएको हुँदा धेरै खोलमा नुहाउनेहरुको भिड बढ्दै गएको बेला कोशी कटानमा समेत दैनिक हजार बढीले नुहाउन आउने गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका २ का सुरेन्द्र मेहता गर्मी बढेकाले सनिबार मात्रै कोशी कटानमा दुई घण्टा स्नान गर्नुभयो । उनले गर्मीमा प्रायः पसिना आउने भएले छालालाई चिसो पार्नका लागि नुहाउन आएको बताए ।
मेहता आफु मात्रै नभई कोशीको सीमसार भन्दा १५ किलोमिटर दुरीबाट साथीहरुलाई लिएर नुहाउन ल्याएको बताए ।
तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी र सुख्खाको अनुभूति गरेकोले साथीहरुसंग कोशी कटानमा नुहाउन आएको मेहताले बताए ।
कोशी कटानमा नुहाउनका लागि कोशी क्षेत्र सहित भोक्रहा नरसिंह, हरिनगर, देवानगञ्ज, दुहवी , इटहरी र इनरुवासम्मका स्थानीयहरु जाने गरेका छन् ।
साफा पानी भएको र पानी पनि ठिक्कको भएको, चिसो रहेको अनि धेरै मानिसहरु एकै ठाउँमा नुहाउन आउने भएकाले भिड बढेको अर्का स्थानीय हरि यादवले बताए । कोशी रिर्फेसमेन्ट सेन्टर निर्माण भईरहेको क्षेत्रमा नै सिमसारको पानी भएकाले पनि आन्तरीक पर्यटक बढेको अर्का स्थानीय समसाद मियाँले बताए ।
Discussion about this post